
८ फागुन, काठमाडौं । माछापुच्छ्र्रे बैंक र चिरायू नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूटबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा चिरायू नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूटको तर्फबाट सञ्चालक निर्देशक चण्डेश्वर वैद्यले हस्ताक्षर गरे ।
सम्झौताअनुसार अब माछापुच्छ्र्रे बैंकका ग्राहकहरूले चिरायू नेशनल अस्पतालका सेवाहरुमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् ।
बैंकका ग्राहकहरूलेे उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । चिरायू अस्पतालले आफ्नो स्थापनाकालदेखि विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4