
२० फागुन, रामेछाप । मन्थली नगरपालिका –२ करमबोट एक्ले बरबोटमा सोमबार साँझ माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
सदरमुकाम मन्थलीबाट मालुखोलातर्फ जाँदै गरेको कुशेश्वर यातायातको बा १ ज ९९०१ नं को माइक्रो बस साँझ साढे ६ बजे सडकबाट एक सय मिटर तल खस्दा गाडीधनी काठमाडौंका ४५ वर्षका कर्मा लामाको मृत्यु भएको प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए ।
लामालाई उपचारको लागि मन्थली स्थित रामेछाप सामुदायिक अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो हो । दुर्घटनामा मन्थली नगरपालिका –२ कि अञ्जना खड्का गम्भीर घाइते भएकी छिन् ।
उनलाई थप उपचारको लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ । गाडीमा चालकसहित ३ जना सवार थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4