
विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘हजार जुनी सम्म’को प्रदर्शन मिति तय गरेको छ । निर्देशक विकासराज आचार्यले दिएको जानकारी अनुसार यो चलचित्र साउनको ३० गतेबाट नेपालभर रिलिज हुनेछ । साउन ३० गते बिहिबार जनैपूर्णिमाको अवसर पारेर यो चलचित्र रिलिज गर्ने निर्णय गरेका छौ, विकासले अनलाइनखबरसँग भने ।
यो चलचित्रमा नायक आर्यन सिग्देल, नायिका प्रियंका कार्की, स्वस्तिमा खड्का लगायतको छायांकन छ । विशाल चाम्लिङको निर्माणमा तयार भएको चलचित्रको छायांकन नेपाल र सिक्किममा गरिएको छ । चलचित्रलाई काठमाण्डौ बाहिर विक्रम पराजुलीले वितरण गर्नेछन् भने काठमाण्डौमा वितरक फाइनल गरिएको छैन । चलचित्र भदौ १३ गतेबाट रिलिज हुने चर्चा थियो । यो चलचित्रको एउटा आइटम गीतमा निर्देशक दीपाश्री निरौलाले नृत्य गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4