+
+

रुपन्देहीमा तरुण दलका सक्रिय कार्यकर्ताको हत्या

टोपराज शर्मा टोपराज शर्मा
२०७५ फागुन २७ गते ८:००
Photo Credit : प्रतीकात्मक तस्वीर

२७ फागुन, बुटवल । अज्ञात समूहले रुपन्देहीमा नेपाल तरुण दलका एक सक्रिय कार्यकर्ताको हत्या गरेको छ ।

देवदह नगरपालिका–५ का २० वर्षीय अनिश पुरीको आइतबार राति भुलहीमा हत्या भएको हो ।

मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ जाँदै गरेका पुरीलाई अज्ञात समूहले आक्रमण गरी हत्या गरेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

आक्रमणबाट गम्भीर घाइते  पुरीलाई उपचारका लागि देवदह मेडिकल कलेज भलुही पुर्याइएको थियो । तर, लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक मल्लले बताए ।

प्रहरीले आक्रमण गर्ने समूह फरार रहेको बताए पनि केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

कांग्रेस क्षेत्रीय सभापति तथा देवदह नगरपालिकाका प्रमुख हीराबहादुर खत्रीले पुरी तरुण दलको सक्रिय कार्यकर्ता रहेको अनलाइनखबरलाई जानकारी दिए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?