+
+

काठमाडौं विश्वविद्यालयका कानूनका डीनद्वारा राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १ गते १७:३८

काठमाडौं विश्वविद्यालय स्कूल अफ ल का डीन डा. विपिन अधिकारीले अकस्मात राजीनामा दिएका छन् । वरिष्ठ अधिवक्ता तथा संविधानविद् डा अधिकारी काठमाडौं विश्वविद्यालयका स्कूल अफ ल का संस्थापक डीन हुन् ।

तर, अकस्मात राजीनामा दिएका छन् । राजीनामामा उनले आफ्नो कार्यकालमा आफूलाई सहयोग गर्ने तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी, वरिस्ठ अधिवक्ता दमननाथ ढुंगाना, डा. सुरेश राज शर्मा, डा. सिताराम अधिकारी तथा विश्वविद्यालयलाई धन्यवाद व्यक्त गरेका छन् ।

अधिकारी डीनको रुपमा दोस्रो कार्यकाल अन्तर्गत छैठौं वर्षमा कार्यरत थिए ।

राजीनामा दिएर स्कुल अफ ल को आगामी नेतृत्व चयनका लागि सहजीकरण गर्न चाहेको मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?