+
+

जेठमा ‘ट्रिब्यूट टु मेगास्टर राजेश हमाल’ आयोजना गरिने

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ३ गते ११:४०

साधना कला केन्द्रले नायक राजेश हमाललाई समर्पण गर्दै एक कार्यक्रम आयोजना गर्ने भएको छ । ‘ट्रिब्यूट टु मेगास्टार राजेश हमाल’ नाममा कार्यक्रम गर्न लागिएको हो ।साधन कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले नेपालमा अग्रजलाई सम्मान गर्ने परम्पराको थालनी होस् भनेर जमर्को गरेको बताए ।

घोषणा कार्यक्रममासंगीतकार शम्भुजित बास्कोटा , गायक राजेश पायल राई , यम बराल , रवी ओड लगायतको उपस्थिति थियो । कार्यक्रममा नायक हमालले अभिनय गरेका चलचित्रका हिट संवाद र गीतको केही क्लिप्सलाई देखाइएको थियो ।

यो कार्यक्रम वि.सं २०७६ सालको जेठमा आयोजना गरिनेछ । कार्यक्रममा बोल्दै नायक राजेश हमालले भने–‘मैले पनि पहिलो प्रश्न मलाई नै किन भनेर सोधेको थिएँ । तर, उहाँहरुको उद्देश्य पवित्र लागेर मैले हुन्छ भनेको हुँ । चलचित्र यात्रामा पाइने सम्मान र दर्शकको माया नै हाम्रो उर्जा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?