
४ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक नियुक्त गराइदिन्छु भनी १ लाख रुपैयाँ घुस लिने विद्यालय व्यवस्थापन समितिका सदस्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कपिलवस्तुको यशोधरा गाउँपालिका ३ को कृष्ण धार्मिक मावि बसन्तपुरमा माध्यमिक तहमा अंग्रेजी शिक्षक दरबन्दीमा नियुक्त गरिदिने भन्दै विद्यालय व्यवस्थापन समिति सदस्य विजयनाथ चौबेले १ लाख रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।
उनीविरुद्ध १ लाख रुपैयाँ विगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4