+
+
WC Series
पोखरा एभेन्जर्स 2025
137/5 (17.2)
VS
१६ बलमा २९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

कर्मचारी सरूवा रोक्न सरकारसँग माग

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते १८:१३
अम्बादत्त भट्ट

६ असोज, काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले सरुवा गरेर कर्मचारीलाई आतंकित नपार्न सरकारसँग माग गरेको छ ।

आइतबार संगठनका अध्यक्ष अम्बादत्त भट्टले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले ‘सरुवा आतंक’ मच्चाएको आरोप लगाउँदै रोक्न माग गरेका हुन् ।

संगठनले सरुवालाई आवश्यक नियन्त्रणका लागि राज्य व्यवस्था तथा सुशासन समिति, प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय सभाका सदस्यका साथै सरोकारवालाको समेत ध्यानाकर्षण गराएको छ ।

निजामती सेवा ऐनको मर्म र भावनाविपरीत कर्मचारी सरुवा गर्न थालिएको उल्लेख गर्दै अध्यक्ष भट्टले गलत कार्य सच्याउन माग गरेका छन् । ‘विभिन्न मन्त्रालय, विभाग, कार्यालयहरूमा रिक्त दरबन्दी राखी कर्मचारीहरूलाई कामविहीन बनाउँदै अतिरिक्त समूहमा राखी कर्मचारीहरूको मनोबल गिराउने गरी मच्चाइएको राज्य आतङ्क कानूनी शासनको प्रतिकूल देखिँदा उक्त कार्य अविलम्ब बन्द गरी हालसम्म भएका अनियमित सरुवासम्बन्धी सम्पूर्ण गलत कार्य तत्काल सच्याउन जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

सरकारले पछिल्लो समय करिब एक साताको बीचमै करिब साढे १२ सय कर्मचारी सरुवा गरेको थियो ।

कानुन विपरित सरुवा गरिनु आपत्तिजनकः कर्मचारी संगठन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?