
४ चैत, झापा । प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाका १५ वटै स्थानीय तहमा नेकपाको पार्टी एकता प्रक्रिया टुंगिएको छ । १५ स्थानीय तहमध्ये ९ वटामा पूर्वएमालेले अध्यक्ष पाएको छ भने ६ वटामा माओवादीले अध्यक्षको जिम्मेवारी पाएको छ ।
पूर्वएमालेले दमक, गौरादह, बिर्तामोड नगरपालिकाको अध्यक्षता पाएको छ । त्यसैगरी बुद्धशान्ति, अर्जुनधारा, कचनकवलको अध्यक्ष पनि पूर्वएमालेको भागमा परेको छ । बाह्रदशी कन्काई र कमल गाउँपालिकाको अध्यक्षता पनि पूर्वएमालेको भागमा परेको छ ।
माओवादीले मेचीनगर, भद्रपुर, हल्दिबारी, झापा, शिवसताक्षी र गौरीगञ्जको अध्यक्षता पाएको छ ।
हेर्नुहोस् १५ स्थानीय तहको भागवण्डा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4