
१४ चैत, काठमाडौं । सिजी लाइफसेलले विशेष सुविधासहितको ‘बिप’ नामक एप सार्वजनिक गरेको छ । सिजीले बिहीबार एक कार्यक्रमको आयोजना गरी उक्त एप सार्वजनिक गरेको हो ।
सूचना सम्प्रेषणमा सहजता ल्याउने लक्ष्यका बि एप ल्याइएको चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले बताए । डिजिटल नेपाल निर्माण गर्ने सरकारको लक्ष्यमा आफ्नो पनि योगदान होस भन्ने चाहेको भन्दै प्रवन्ध निर्देशकले बिप एपले नागरिकको सूचना पहुँचमा वृद्धि गर्ने बताए ।
यो एप आईओएस र एन्ड्रोइड दुबै मोवाइल अपरेटिङ सिस्टममा चलछ । यसलाई गुगल प्ले स्टोर वा एप्पल स्टोरबाट डाउनलोड गर्न सकिनेछ ।
सिजी लाईफ सेल चौधरी ग्रुप अन्तर्गत सूचना प्रविधि क्षेत्रमा काम गर्ने नयाँ विजनेश भर्टिकल हो ।
हाल हामीले प्रयोग गर्दै आएको मेसेन्जर, ह्वाट्स एप लगायतका सुविधा पाइने यस एपबाट उच्च गुणस्तरको फोटो समेत पठाउन सकिनेछ ।
यस्ता छन् बिप एपका सुविधाहरुः
- विभिन्न प्रकारका गेमहरु निःशुल्क डाउनलोड गर्न सकिने
- फलो मी र लोकेसन सेयर जस्ता विशेषताहरु प्रयोग गर्न सकिने
- १० जना प्रयोगकर्ताले एकैसाथ भिडियो कल गर्न सकिने
- बिप एपमा आफ्नो मोवाइल फोनको भाषा अनुसार परिवर्तन गर्न सकिने
- कुनै पनि मोवाइल अपरेटरका ग्राहकहरुले बिप एप सजिलै प्रयोग गर्न सक्ने
- सर–प्राइज प्वाइन्टद्वारा विभिन्न उपहारहरु जित्न सकिने
- ल्यापटप र डेक्सटपममा पनि प्रयोग गर्न सकिने
प्रतिक्रिया 4