+
+

सडक विभागको महानिर्देशकमा शर्मा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १७ गते १८:३४

१७ चैत, काठमाडौं । सडक विभागको महानिर्देशकमा केशवकुमार शर्मा नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले शर्मालाई विभागको महानिर्देशकमा नियुक्त गरेको हो ।

पछिल्लो समय सडक विभाग अन्तर्गतकै वैदेशिक सहायता कार्यान्वयन महाशाखा प्रमुखका रुपमा कार्यरत थिए । विस २०५२ सालमा विभागकै इन्जिनियरका रुपमा सरकारी सेवामा प्रवेश गरेका शर्मा ०६९ सालको अन्तिमतिर सहसचिवमा बढुवा भएका थिए ।

यस दौरानमा उनले आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी), भौतिक पुर्वाधार मन्त्रालयको गुणस्तर तथा वैदेशिक महाशाखा प्रमुखको जिम्मेवारी पनि बहन गरे । शर्माले विभिन्न सडक आयोजनाको प्रमुख भएर पनि काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?