+
+

राप्रपाद्वारा देशभरका स्थानीय तहमा धर्ना

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २८ गते १९:१४

२८ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले शान्तिपूर्ण जनसंघर्ष अन्तर्गतको तेस्रो कार्यक्रम अन्तर्गत बिहीबार देशभरका स्थानीय तहमा एक घण्टा धर्ना दिएको छ ।

हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे जनमतसंग्रह, भ्रष्टाचारको अन्त्य, मूल्य वृद्धि नियन्त्रण लगायत २२ बुँदे माग राखी आन्दोलनरत राप्रपाले सबै स्थानीय तहमा धर्ना दिएको हो ।

बिहीबार अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकामा, वरिष्ठ नेता दीपक बोहरा, नेता बालाराम घर्तिमगर र उपाध्यक्ष रोशन कार्कीले ललितपुर महानगरपालिकामा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र उपाध्यक्ष टंक ढकालले सूर्यविनायक नगरपालिकामा धर्ना दिएका छन् ।

त्यस्तै उपाध्यक्ष प्रेमबहादुर भण्डारीले कोहलपुर नगरपालिकामा, उपाध्यक्ष भीमप्रसाद गौचनले बेनी नगरपालिकामा, महामन्त्री राजेन्द्र लिङ्देनले झापाको हल्दिबारी गाउँपालिकामा, महामन्त्री डा.धवल शमशेर राणाले नेपालगन्ज उपमहानगरपालिकामा, महामन्त्री भाष्कर भद्राले महालक्ष्मी नगरपालिकामा धर्नाको नेतृत्व दिएका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । धर्नाअघि राप्रपाले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा र्‍यालीसमेत निकालेका थिए ।

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?