Comments Add Comment

साराको राजनीति मोह

‘केदारनाथ’बाट बलिउडमा प्रवेश गरेकी नायिका सार अलि खानको चर्चा निकै चुलिएको छ । दोस्रो चलचित्र ‘सिम्बा’ले पनि बक्सअफिसमा कमालको व्यापार गरेपछि त उनको चर्चा झनै चुलियो । चलचित्रदेखि ब्राण्डको विज्ञापनमा काम गराउन धेरै उनको पछि परे । अहिले सारा अलि खान नयाँ चलचित्र ‘लभ आजकल २’मा व्यस्त छिन् ।

बलिउडमा सुखद सुरुवात पछि सारा अहिले नयाँ काम गर्ने सोचमा छिन् । एक अन्तर्वातामा उनले आफू नयाँ क्षेत्रमा पनि रुचि राखेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘आगमी दिनमा मलाई सफल अभिनेत्री भएर चिनिनु छ । त्योसँगै मलाई राजनीतिमा पनि विशेष रुचि छ । त्यता पनि लाग्ने सोच बनाइरहेको छु ।’

उनले अभिनय आफ्नो प्राथमिकता भएको र राजनीति त्यसको विकल्प भएको बताएकी छिन् । उनले अभिनय र राजनीतिसँगै पढाईलाई पनि विशेष ध्यान दिने बताएकी छिन् । साराले कोलम्बिया युनिभर्सीटीबाट इतिहास र राजनीतिमा डिग्री पास गरेकी छिन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment