Comments Add Comment

‘भारत’को फस्टलुकमा सलमानको यस्तो गेटअप

बलिउडका सुपरस्टार नायक सलमान खान नयाँ चलचित्र ‘भारत’को साथ इदमा दर्शकमाझ आउँदैछन् । यो चलचित्रमा सलमान खानको भूमिका के भन्ने बिषयमा लामो समयदेखि बहस पनि भैरहेको छ । तर, हालै मात्र सार्वजनिक भएको चलचित्रको फस्टलुक पश्चात फ्यानमा एक प्रकारको उत्साह र कौतुहलता पैदा भएको छ ।

सार्वजनिक फस्टलुकमा सलमान खान वृद्ध मानिसको भेषमा देखिएका छन् । यो पोष्टरले इन्टरनेटमा धुम मच्चाएको छ । सलमानले आफ्नो चकलेटी अनुहारका कारण लामो समयदेखि फ्यानको मनमा राज गरिरहेका छन् । अब, उनै सलमान नयाँ गेटअपका साथ सार्वजनिक भएका छन् । यो चलचित्रमा सलमानको जोडीको रुपमा नायिका कट्रिना कैफलाई देख्न सकिन्छ ।

चलचित्र जुन ५ मा सार्वजनिक प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा सलमान खानले केही दशकको यात्रा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment