+
+
Shares

११ कक्षापछि पढाइ छाडेकोमा करिना कपूरलाई अझै पछुतो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते ११:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • करिना कपूर खानले ११ कक्षापछि पढाइ छाडेकोमा अझै पश्चात्ताप भइरहेको बताइन् र त्यो अनुभवबाट छोराहरू तैमुर र जेहलाई पहिले पढाइ पूरा गर्न आग्रह गरिन्।

हिन्दी सिनेमाकी चर्चित अभिनेत्री करिना कपूर खानले आफूले ११ कक्षापछि पढाइ छाडेकोमा अझै पश्चात्ताप भइरहेको बताएकी छिन् । उनले हालैको एक अन्तर्वार्तामा आफ्नो विगत र पारिवारिक जीवनबारे खुलेर कुरा गरिन् ।

‘मसँग अवसर हुँदाहुँदै पनि म फिल्ममा आएँ र ११ कक्षापछि पढिनँ । यो कुराले मलाई सधैँ पोलिरहन्छ’ उनले भनेकी छिन् ।

आफ्नो यो गल्तीबाट पाठ सिक्दै उनले छोराहरू तैमुर र जेहलाई पहिले पढाइ पूरा गर्न र त्यसपछि मात्र आफ्नो इच्छा अनुसारको करियर रोज्न आग्रह गरेकी छिन् ।

अन्तर्वार्ताकै क्रममा उनले आफ्ना जेठा छोरा तैमुर विश्वस्तरको क्रिकेट वा फुटबल खेलाडी बन्न इच्छुक रहेको खुलासा गरेकी छिन् । फिल्म क्षेत्रका प्रतिष्ठित परिवार (कपूर र खान) बाट आएका भए पनि छोराहरूलाई अभिनय क्षेत्रमै आउनुपर्छ भन्ने कुनै दबाब नरहेको उनले प्रस्ट पारिन् ।

‘हामी कलाकार हौं भन्दैमा उनीहरूले पनि कलाकार नै बन्नुपर्छ भन्ने छैन । हामीले उनीहरूलाई सही दिशामा प्रोत्साहन गर्ने हो, पछि विचार बदलियो भने पनि त्यो ठीकै छ’ करिनाले भनिन् ।

त्यस्तै उनले दुई छोराको आमा बन्नु आफ्ना लागि पूर्ण रूपमा नयाँ र अद्‍भुत अनुभव भएको बताइन् । उनले हाँस्दै आफू आधिकारिक रूपमा फुटबल मम र क्रिकेट मम बनेको टिप्पणी गरिन् । छोराहरूमा प्रसिद्धिभन्दा पनि करुणा र दयाजस्ता मानवीय गुण हुनु सबैभन्दा महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

फिल्म टशनमा काम गरेपछि प्रेम सम्बन्धमा बाँधिएका करिना र सैफ अली खानले २०१२ अक्टोबरमा विवाह गरेका थिए । उनीहरूका दुई छोरा तैमुर (२०१६) र जेह (२०२१) छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?