+
+
Shares

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १०:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बिहीबार दिउँसो २ बजे बस्ने भएको छ।
  • देउवा समूहले मंसिर २१ देखि २३ सम्म १५ औं महाधिवेशन गर्ने प्रस्ताव पेस गरेको छ।
  • विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वले भने असोज १६ देखि १९ सम्म महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै ल्याइसकेको छ।

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो २ बजे बस्ने केन्द्रीय कार्यालयका सचिव दिनेश थापामगरले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको कार्यतालिका ल्याउने तयारी गरेका बेला समितिले बैठक बोलाएको हो ।

चुनदेवीस्थित सम्पर्क कार्यालयमा बुधबारदेखि सुरु भएको देउवा समूहको बैठकमा १५ औं महाधिवेशन आगामी मंसिर २१ देखि २३ सम्म गर्ने प्रस्ताव पेस भएको छ ।

बैठकमा पेस भएको प्रस्तावमा असोज १५ मा वडा अधिवेशन, असोज २० मा पालिका अधिवेशन आयोजना गरिने उल्लेख छ ।

यस्तै असोज २३ मा प्रदेशसभा निर्वाचन क्षेत्र एवम् प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन, कात्तिक १५ मा जिल्ला अधिवेशन र मंसिर ४ मा प्रदेश अधिवेशन गरिने उल्लेख छ ।

उता विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वले भने आगामी असोज १६–१९ सम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै ल्याइसकेको छ । उक्त कार्यतालिकाअनुसार कांग्रेसले भदौ २४ मा वडा अधिवेशन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?