+
+
Shares

जलवायु मुद्दामा साना राष्ट्रको नेतृत्व नेपालले गर्नुपर्छ : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १२:३७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको नीति प्रतिष्ठानले नेपालले जलवायु परिवर्तनमा साना राष्ट्रको नेतृत्व गर्दै ठूला राष्ट्रलाई कार्बन उत्सर्जन घटाउन दबाब दिनुपर्ने निष्कर्ष निकालेको छ।
  • प्रतिष्ठानले नेपालको कार्बन उत्सर्जन सन् २०२४ को तथ्यांकअनुसार ०.०५ प्रतिशत मात्र रहेको र असर भने पटक–पटक भोग्नुपरेको उल्लेख गरेको छ।
  • भोटेकोशीको विनाशकारी बाढीपछि उद्धार, राहत र पुनर्स्थापनासँगै जलवायु चुनौती सामना गर्न देशले फरक ढंगले अघि बढ्नुपर्ने कांग्रेसको जोड छ।

१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसले नेपालले जलवायु परिवर्तनको मुद्दामा साना राष्ट्रहरूको नेतृत्व गर्दै ठूला राष्ट्रलाई कार्बन उत्सर्जन न्यूनीकरणका लागि दबाब दिनुपर्ने निष्कर्ष निकालेको छ ।

उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आठौं बैठकले नेपालले कार्बन उत्सर्जन न्यूनीकरणका लागि ठूला राष्ट्रलाई दबाब दिनुपर्ने निष्कर्ष निकालेको हो ।

‘हाम्रा सयौं हिमाल जलवायु परिवर्तनको जोखिमसँग जुधिरहेका छन्, अतः संसारको अग्लो शिखर सगरमाथाको देशले अब जलवायु परिवर्तनको मुद्दामा साना राष्ट्रहरूको नेतृत्व गरेर ठूला राष्ट्रहरूसँग संवाद र दबाबको नीतिका साथ अघि बढ्नुपर्ने समय आएको निष्कर्ष नीति प्रतिष्ठानले निकालेको छ,’ प्रतिष्ठानले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘सरकारलाई यसमा हाम्रो दृढ साथ र समर्थन रहनेछ ।’

जलवायु परिवर्तनको असरलाई न्यून गर्न, ठूला राष्ट्रहरूले कार्बन उत्सर्जन क्रमशः न्यून गर्नै पर्ने प्रतिष्ठानको निष्कर्ष छ ।

‘अरूले गरेको उत्सर्जनले पुर्‍याएको असर नेपालजस्ता साना राष्ट्रले भोगिरहेका छन् । कार्बन उत्सर्जनमा हाम्रो देशको योगदान सन् २०२४ को तथ्यांकअनुसार ०.०५ प्रतिशतमात्रै छ,’ प्रतिष्ठानले भनेको छ, ‘तर, हामीले पटक–पटक यसको असर भोग्नु परेको छ ।’

भोटेकोशीको विनाशकारी बाढी पश्चात उद्वार, राहत र पुनर्स्थापनाको अभियान सँगसँगै जलवायु चुनौती सामना गर्न देशले फरक ढंगले आफूलाई अग्रसर गराउनै पर्नेमा कांग्रेसको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?