+
+
Shares

सम्बोधन सकेर निस्किए प्रधानमन्त्री, संसद् बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १४:००

१७ भदौ, काठमाडौं । प्रतिनिधिसभामा सम्बोधन गरेपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सभाकक्षबाट बाहिरिएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको प्रारम्भममै बोल्दै उनले रसुवा बाढीपछिको अवस्थामा सरकारले के कस्ता कार्य गरेको छ भनेर ब्रिफिङ गरे ।

उनका अनुसार सरकार हरसम्भव रुपमा नागरिकको जीवन बचाउन लागि परेको छ । ‘विशेष जिम्मेवारीसहित सार्वभौम संसद्को रोष्ट्रममा उभिएको छु’ उनले सम्बोधनको सुरुमै भने ।

उनले अगाडि भनेका छन्, ‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन । यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो ।’

भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा विनावशकारी बाढी आएको थियो । उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित छ ।

बाढीमा परी बेपत्ता भएकामध्ये एक हजार ११४ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जना गरी १ हजार ११४ जनाको शव फेला परेको हो ।

३ हजार ९१६ जना सम्पर्कविहीन छन् । २९२ जना घाइते भएका छन् । हालसम्म बाढी प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको छ ।

यो अवस्थाबारे प्रतिनिधिसभामा सुरुमै प्रधानमन्त्री बालेनले ब्रिफिङ गरेका हुन् । प्रधानमन्त्री बालेनले यतिबेला शरीर थकित भयो भनेर विश्राम लिने छुट नरहेको बताए । मन भक्कान्निदा पनि एक आपसमा सेयर गर्ने समय नरहेको उनले बताए ।

विपद्पछिको अवस्थामा समन्वयमा काम गरिरहेको पनि प्रधानमन्त्री शाहले बताएका छन् । ‘सुरुवातदेखि नै हाम्रो प्रदेश सरकारसँगै स्थानीय सरकार र जनप्रतिनिधिहरूसँग निरन्तर संवाद भइरहेको थियो । हामीले प्रभावित क्षेत्रमा जाँदा बागमती प्रदेशका मुख्यमन्त्री सहितको टोलीसँग छलफल पनि गरेका थियौं’, प्रधानमन्त्री बालेनले भने ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले छलफल गरेर प्रदेश र स्थानीय सरकारले आ-आफ्नो जिम्मेवारी निर्णय भएको प्रधानमन्त्री शाहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?