+
+
Shares

प्रधानमन्त्रीले लिन थाले सेना, प्रहरी र सशस्त्रका प्रमुखसँग छुट्टाछुट्टै ब्रिफिङ

शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका मामिलामा ब्रिफिङ लिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदी बाढीबाट उत्पन्न संकटबारे सुरक्षा निकायका प्रमुखसँग छलफल थालेका छन्।
  • उनले प्रधान सेनापति अशोकराज सिग्देलबाट खोज, उद्धार, राहत र व्यवस्थापनका विषयमा ब्रिफिङ लिएका छन्।
  • शाहले आजै सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेल र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि ब्रिफिङ लिने सचिवालयले जनाएको छ।

१५ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल थालेका छन् ।

रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिरहेको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ ।

शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका मामिलामा ब्रिफिङ लिएका थिए ।

उनले आजै नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकसँग पनि ब्रिफिङ लिन लागेका हुन् ।

केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग र त्यसपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै ब्रिफिङ लिने कार्यसूची रहेको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?