+
+
Shares

हामीलाई विपद् आइलाग्यो, जलवायु परिवर्तन विश्वको साझा जिम्मेवारी हो : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकाले यसबारले अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १३:५०

१७ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकाले यसबारले अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताएका छन् । उनले हिमालय क्षेत्रमा जोखिम बढेकोले यो विश्वको साझा जिम्मेवारी भएको उल्लेख गरे ।

‘जलवायु परिवर्तनका कारण हामीमाझ यस्तो विपद् आइलाग्यो,’ प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सम्बोधन गर्दैभने,’हिमालय क्षेत्रमा जोखिम बढेको यसले देखाउँछ । त्यसैले यो विपद्मा हामीले अन्तर्राष्ट्रिय समूदायलाई भन्नुपर्छ । यो विश्वको साझा जिम्मेवारी हो ।’

उनले यो मानव सभ्यताले भोगेको सबै भन्दा ठूलो  घटना भएको उनले उल्लेख गरे  ।

प्रतिनिधिसभामा उनले बाढी पहिरोले गरेको क्षति, राहत उद्धार व्यवस्थानमा भएका कामबारे जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?