+
+
Shares

बालेनको पर्यटन प्रवर्धन अभियानलाई सघाउन बडिमालिकामा ‘ए मेरो हजुर ५’ छायांकन हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक झरना थापाको फिल्म ‘ए मेरो हजुर ५’ को छायांकन साउन २९ गतेदेखि सुदूरपश्चिमको बडिमालिकाबाट सुरु हुने भएको छ ।
  • सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने अभियानलाई सघाउन बडिमालिकाबाट छायांकन गर्न लागिएको निर्देशक थापाले जानकारी दिएकी छन् ।
  • सञ्जय लामाले छायांकन गर्ने यस फिल्ममा कलाकार सुहाना थापा र अनमोल केसीले मुख्य भूमिकामा अभिनय गर्दै छन् ।

काठमाडौं । झरना थापाको आगामी निर्देशकीय फिल्म ‘ए मेरो हजुर ५’ को छायांकन सुदूरपश्चिमको प्रसिद्ध रमणीय थलो बडिमालिकाबाट सुरु हुने भएको छ । सुदूरपश्चिमका लुकेका पर्यटकीय थलोलाई उजागर गर्ने प्रधानमन्त्री बालेन शाहको अभियानलाई सघाउन फिल्मको छायाकंन बडिमालिकाबाट गर्न लागेको जानकारी थापाले दिएकी छन् ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री शाह, कलाकार सुहाना थापा र अनमोल केसीको फोटो सेयर गर्दै झरनाले बडिमालिकामा छायांकन गर्दा फिल्ममार्फत त्यहाँको पर्यटन प्रवर्धन गर्ने आशा लिएको उनले बताएकी छन् ।

उनका अनुसार २९ साउनदेखि छायांकन सुरु हुँदैछ । सञ्जय लामाले फिल्म छायांकन गर्दैछन् ।

यसबारे जानकारी दिँदै थापाले लेखेकी छन्, ‘नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको धरोहर बडीमालिकाबाट मेरो नयाँ सिनेमा ए मेरो हजुर ५ को छायांकन यात्रा यही साउन २९ गतेदेखि शुभारम्भ हुँदैछ ।’

निर्देशक थापाले बडीमालिकाजस्तो धार्मिक धरोहरबाट फिल्मको यात्रा सुरु गर्न पाउँदा आफूहरू गौरवान्वित भएको उल्लेख गरेकी छन् । उनले बडीमालिका धार्मिक तीर्थस्थल मात्र नभई नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि भएको बताएकी छन् ।

लेखेकी छन्, ‘हिमाल, संस्कृति, सभ्यता र श्रद्धाको अद्भुत संगम रहेको बडीमालिका केवल एक धार्मिक तीर्थस्थल मात्र होइन, नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि हो ।’

प्रधानमन्त्री बन्नुअघि सुदूरपश्चिममा चुनाव प्रचारको क्रममा बालेनले बडिमालिका लगायतको ठाउँलाई स्विट्जरल्यान्डको बाउ भएको भन्दै प्रशंसा गरेका थिए । उनको उक्त अभिव्यक्तिपछि बडिमालिका घुम्न जाने आन्तरिक पर्यटकको संख्यामा बढोत्तरी भएका खबरहरू आएका थिए ।

यो फिल्मलाई सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बनाउन लागिएको हो । यो फिल्ममा सुहाना र अनमोलले स्क्रिन सेयर गर्दैछन् । उनीहरूले यसअघि तेस्रो र चौंथो श्रृंखलामा पनि जोडी बाँधेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?