+
+
Shares

त्रिशुली पुगेर सोनु सूदले भने- ‘प्रभावित परिवारलाई नयाँ सुरुवात गर्न सहयोग गर्नेछु’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १४:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेता सोनु सूद बुधबार सहयोगीहरूसहित बाढी प्रभावित नुवाकोटको त्रिशुली किनार पुगेका छन् ।
  • उनले त्रिशूली नदी किनारमा बाढीले छाडेको अकल्पनीय क्षति देखेको र नेपाल एक्लो छैन भनेका छन् ।
  • सूदले सुद च्यारिटी फाउन्डेसनमार्फत प्रभावित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौं । बलिउड अभिनेता सोनु सूद भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको त्रिशुली पुगेका छन् । भारतबाट आएका सहयोगीहरूसहित बुधबार उनी त्यहाँ पुगेका हुन् ।

बाढीले तहसनहस बगाएको त्रिशुली किनारबाट फोटो सार्वजनिक गर्दै अभिनेता तथा समाजसेवी सुदले आफूले त्यहाँ अकल्पनीय क्षति देखेको बताएका छन् ।

आशा जगाउन, घरहरू पुननिर्माण गर्न र प्रभावित परिवारलाई फेरि नयाँ सुरुवात गर्न आफूले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

सुद लेख्छन्, ‘आज यहाँ त्रिशूली नदी किनारमा उभिँदा बाढीले छाडेर गएको अकल्पनीय क्षति देखिरहेको छु । भत्किएका घरहरू, उजाडिएका परिवारहरू र सधैंका लागि बदलिएका जीवनहरू । नेपाल एक्लो छैन । म नेपाली जनताको साथमा छु । आशा जगाउन, घरहरू पुनर्निर्माण गर्न र प्रभावित परिवारलाई फेरि नयाँ सुरुवात गर्न मद्दत गर्न म आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु ।’

उनले आफ्नो सामाजिक संस्था सुद च्यारिटी फाउन्डेसनमार्फत काम गर्ने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?