News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल न्यूरोसर्जन समाजले बाढीपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत तथा उद्धार कोषमा ५ लाख १०१ रुपैयाँ जम्मा गरेको छ।
१८ भदौ, काठमाडौं । नेपाल न्यूरोसर्जन समाज (नेसन) ले बाढीपीडितका लागि ५ लाख १०१ रुपैयाँ सहयोग गरेको छ । समाजले बिहीबार प्रेस विज्ञप्ति जारी गरी सो रकम प्रधानमन्त्री दैवीप्रकोप राहत तथा उद्धार कोषमा जम्मा गरेको जानकारी दिएको छ ।
देश र जनतामाथि आइपरेको यस दुःखद् घडीमा उद्धार तथा राहत कार्यमा अलिकति भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको समाजका अध्यक्ष प्रा.डा. राजीव झाले बताए ।
साथै, समाजले सम्पूर्ण दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुला परिवारप्रति गहिरो समवेदना व्यक्त समेत गरेको छ ।

प्रतिक्रिया 4