+
+
Shares

बलिउड गायक शानले ६ भदौमा काठमाडौंमा प्रस्तुति दिने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते १२:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउडका चर्चित पार्श्वगायक शान सांगीतिक प्रस्तुति दिन छ भदौमा काठमाडौं आउने भएका छन् ।
  • क्लब नोभामा आयोजना हुने उक्त सांगीतिक कार्यक्रममा उनले आफ्ना सर्वाधिक रुचाइएका चर्चित गीतहरू पस्किनेछन् ।
  • नेपाली टचले आयोजना गरेको यस कार्यक्रममार्फत गायक शान आफ्ना नेपाली प्रशंसकहरूसँग प्रत्यक्ष रूपमा भेट्नेछन् ।

काठमाडौं । बलिउडका प्रसिद्ध पार्श्वगायक शान सांगीतिक प्रस्तुति दिन आउने भएका छन् । ६ भदौमा क्लब नोभामा उनी गुञ्जिने कार्यक्रम रहेको जनाइएको छ ।

आफ्ना सुमधुर बलिउड ट्रयाकमार्फत दर्शक तथा श्रोताको मन जित्दै आएका शानका प्रशंसक नेपालमा पनि छन् । ‘नेपाली टच’ ले कार्यक्रमको लागि शानलाई नेपालमा ल्याउन लागेको हो ।

कार्यक्रममा उनले आफ्ना सर्वाधिक रुचाइएका गीत ‘मुसुमुसु हाँसीदेउ’, ‘ओम शान्ति ओम’, ‘बहती हवा सा था वो’ लगायतका चर्चित गीत पस्किने जनाइएको छ ।

यीबाहेक, चाँद सिफारिस, जब से तेरे नैना, दिवानगी, सुनो ना, हे शोना, कुछ तो हुआ है उनका लोकप्रिय गीत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?