Comments Add Comment

बोर्ड अध्यक्षको बोल्ड निर्णय, ‘कलंक’को बुधबार रिलिज रोकियो

नेपाली चलचित्र चारवटा पर्व बाहेक शुक्रबार नै रिलिज हुनुपर्ने नियम भएतापनि विदेशी चलचित्रको हकमा यो लागू भएको थिएन । हलमा नेपाली चलचित्र रिलिज भैरहेको समयमा विदेशी चलचित्र ल्याएर जुनसुकै बारमा पनि रिलिज गरिदिदा नेपाली चलचित्र मारमा पनि पर्दैै आएका थिए । यसपटक पनि केही वितरक र हलवालाहरुले यही योजना बनाएका थिए । शुक्रबार रिलिज भएका २ नेपाली चलचित्र हलमा चलिरहँदा बुधबार नै भारतीय चलचित्र ‘कलंक’ रिलिज गर्ने योजनामा वितरक थिए । तर, यसपटक भने चलचित्र विकास बोर्डको बोल्ड निर्णयले यो संभव भएन ।

चलचित्र निर्माता संघले शुक्रबार बाहेक अरु दिनमा विदेशी चलचित्र रिलिज हुँदा नेपाली चलचित्र मर्कामा परेको भन्दै चलचित्र विकास बोर्डलाई पत्र लेखेको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले निर्मातासंघको पत्रमा टेकेर यो निर्णय गरेका छन् । यसैकारण, आज बुधबारदेखि भारत लगायत विश्वभर ‘कलंक’ रिलिज हुँदा नेपालमा भने रिलिज रोकियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको यो बोल्ड निर्णयको चलचित्रकर्मीले स्वागत गरेका छन् । केही हल व्यवसायी र वितरकका लागि यो निर्णय तितो मात्र होइन पदको दुरुपयोग लागेतापनि यो सिंगो चलचित्र क्षेत्रका लागि सुखद पक्ष हो ।

चलचित्र विकास बोर्ड नेपाली चलचित्रको हक हितका लागि खोलिएको अभिभावक संस्था हो । नेपाली चलचित्रमाथिको थिचोमिचोलाई बोर्डले टुलुटुलु हेरेर बस्न मिल्दैन । अध्यक्ष भट्टराइले लिएको बोल्ड निर्णयले नेपाली चलचित्रकर्मीको उनीप्रतिको आशा बढेर गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment