
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री मोदीले अपरेशन सिन्दूरको सुरुवातपछि पहिलो पटक राष्ट्रलाई सम्बोधन गर्दै सुरक्षा बलहरूको प्रशंसा गरेका छन्।
- उनीले पाकिस्तानलाई धुलो चटाएको र आतंकवादी स्थलहरू ध्वस्त पारिएको बताएका छन् ।
- मोदीले वार्ताको सन्दर्भमा आतंकवादमाथि मात्रै छलफल हुने बताएका छन्।
२९ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अपरेशन सिन्दूर सुरु भएपछि पहिलो पटक राष्ट्रलाई सम्बोधन गरेका छन् ।
सम्बोधनको क्रममा उनले सुरक्षा बलको उच्च प्रशंसा गर्दै भनेका छन्, ‘म हाम्रा सुरक्षा बलहरूलाई सलाम गर्न चाहन्छु । विगत केही दिनमा हामीले देशको धैर्य देखेका छौं । अपरेशन सिन्दूर केवल एउटा नाम मात्र होइन, यो जनताको भावनाको प्रतिबम्ब हो ।’
प्रधानमन्त्री मोदीले युद्धको दौरान पाकिस्तानलाई धुलो चटाएको बताएका छन् । ‘जब हाम्रा मिसाइल र ड्रोनहरूले पाकिस्तानमा आतंकवादी स्थलहरू ध्वस्त पारे, तिनीहरूका भवनहरू मात्र होइन, तिनीहरूको भावना पनि ध्वस्त पारियो ।’
उनले पानी र रगत एक साथ बग्न नसक्ने भन्दै पाकिस्तानसँग वार्ता हुन्छ भने आतंकवादमाथि नै हुने बताए ।
प्रतिक्रिया 4