फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले माध्यामिक तहसम्म निःशुल्क शिक्षा, पाठ्यपुस्तक र पोसाकको सहज वितरण गर्ने घोषणा गरेको छ।
- राष्ट्रपति रामचन्द्र पौडेलले गुणस्तरीय शिक्षाका लागि पाठ्यक्रम पुनरावलोकन गरिने बताए।
- सरकारले इलर्निङ र कृत्रिम बुद्धिमतालाई अगाडि बढाउने र विश्वविद्यालयको शासकीय संरचनामा सुधार गर्ने नीति अघि सारेको छ।
२८ वैशाख, काठमाडौं । सरकारले माध्यामिक तहसम्म निःशुल्क शिक्षाको प्रत्याभूत गर्ने घोषणा गरेको छ ।
सरकारको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले माध्यमिक तहसम्म निःशुल्क शिक्ष, पाठ्यपुस्तक र पोसाकको सहज वितरण गरिने बताए ।
गुणस्तरीय शिक्षाका लागि पाठ्यक्रम पुनरावलोकन गरिने बताए ।
सामुदायिकमा दीर्घकालीन लगानी र निजी लगानीका विद्यालयलाई सेवा मुखी बनाउन नियमन गर्ने घोषणा गरेको छ ।
इलर्निङ र कृत्रिम बुद्धिमतालाई अगाडि बढाउने योजना सरकारले अगाडि सारेको छ ।
विश्वविद्यालयको शासकीय संरचनामा सुधार गरिने नीति सरकारको छ । विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलनलाई पनि सरकारको प्राथमिकता दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4