Comments Add Comment

७ दिनभित्र ३९ अर्ब पुँजीगत लाभकर तिर्न एनसेललाई सरकारको पत्र

३ वैशाख, काठमाडौं । सरकारले दूरसञ्चार कम्पनी एनसेललाई पुँजीगत लाभकर कर तिर्न बोलाएको छ । ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ पुँजीगत लाभ कर तिर्नका लागि समयसीमा दिएरै एनसेललाई सूचना जारी गरेको छ ।

टेलियासोनेरा कम्पनीले मलेसियाली कम्पनी एक्जियटाले एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्दा भएको पुँजीगत लाभर तिर्न सरकारले ७ दिनको सयमसीमा दिएको छ । सर्बोच्च अदालतले गत माघमा गरेको फैसलाको पूर्णपाठ आएकलगत्तै सरकारले एनसेलले तिनुपर्ने कर निर्धारण गरेको हो ।

सर्बोच्चले तीन महिनाभित्रै एनसेलबाट कर असुल्न सरकारलाई आदेश गरेको थियो । एनसेल खरिद विक्री भएको मुल्य १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख ६ हजारका आधारमा पुँजीगत लाभ कर तोक्नुपर्ने फैसलाको निश्कर्ष थियो ।

त्यसबापत ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रूपैयाँ कर निर्धारण हुने ठहर भएको थियो । विभागले भने कर, शुलक र ब्याज गरी ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ असुल गर्ने निर्णय गरेको छ ।

त्यसमध्ये एनसेलले खरिदबिक्रीबापत २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय रूपैयाँ यसअघि नै कर तिरेको थियो भने २ अर्ब २६ करोड २३ लाख ४ हजार ८ सय ५१ रूपैयाँ विलम्ब शुल्कवापत् पनि भुक्तान गरेको थियो ।

अब ६२ अर्बमध्ये बाँकी ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ एनसेलले सात दिनभित्रै तिर्नुपर्ने भएको छ । यसमा वैशाखसम्म ८ अर्ब ३९ करोड ब्याज र १ अर्ब ८३ करोड ऐन बमोजिमको शुल्क पनि जोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment