Comments Add Comment

जया प्रदाको ट्राजिडी प्रेमकथा

जीवन पनि सिनेमा जस्तै हुन्छ । जस्तो जया प्रदा । यी बलिउड स्टारको जिन्दगीमा अनेकन उत्तार-चढाव आयो । आन्ध्रा प्रदेशमा जन्मिएकी र दक्षिण भारतिय फिल्मबाट करियर सुरु गरेकी जया आफ्नो जमनाका निकै चर्चित अभिनेत्री हुन् । ग्ल्यामर दुनियाँमा उनी लामो समय छाइरहिन् । तर, उनको जीवन भने निकै दुखदायी रह्यो ।

१५ बर्षमा जयले फिल्मी करियर सुरु गरेकी थिइन् । कारण थियो, उनको नृत्य कला । विद्यालय स्तरको एक नृत्य प्रतियोगितामा भाग लिएकी उनलाई त्यही नृत्य हेरेर निर्देशकले फिल्ममा लिएका थिए ।

आफ्नो सुन्दरताले फिल्मी दुनियामा ‘चार चांद’ लगाउने उनको वियोगान्त प्रेमकथाले भने जो कोहीलाई स्तब्ध तुल्याउँछ ।

सुरुवाती यात्रा

जया प्रदाकी असली नाम ललिता रानी थियो । उनका पिता कृष्णा राव तेलुगु फिल्ममा फाइनान्सर थिइन् । उनी बाल्यकालदेखि पढाइका साथ अतिरिक्त क्रियाकलापमा सक्रिय थिइन् । खासगरी उनी नृत्यमा परांगत थिइन् ।

पहिलो फिल्म

जया प्रदाले १३ बर्षको उमेरमा विद्यालयमा स्टेजमा एक डान्स प्रस्तुती दिएकी थिइन् । उक्त नृत्य हेर्नेमध्ये एक निर्देशक पनि थिए, जो त्यहाँ उपस्थित थिए । उनैले जयालाई फिल्ममा अफर गरे । ३ मिनेट लामो यही नृत्यबाट जयाको फिल्मी यात्रा सुरु भयो ।

जया प्रदाले पहिलो पटक तेलुगु फिल्म भूमि कोशममा काम गरिन् । पहिलो पटक उनलाई यस फिल्मबाट १० रुपैयाँ भारु पारिश्रमिक मिलेको थियो । जया प्रदालाई सधै उनका परिवारले फिल्मी दुनियामा आउनका लागि प्रोत्साहित गरिरहे ।

श्रीकान्त नहाटासँग प्रेम

जया प्रदाले तेलुगु र तमिल फिल्ममा राम्रो काम गरेपछि हिन्दी फिल्ममा पाइला राखिन् । बलिउडमा जया प्रदाले अमिताभ बच्चन, जितेन्द्र समेत आफ्नी प्रतिद्वन्द्वी श्रीदेवीसँग पनि काम गरिन् । श्रीदेवीको सुन्दरता र उनको सेलिब्रेटी स्टाटस लगातार बढ्दै गयो । र, सन् १९८५ को आसपासमा उनी बलिउडकी सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री बनिन् । त्यहीबेला उनको प्रेम श्रीकान्त नहाटासँग भयो ।

मुश्किल समयमा श्रीकान्तको साथ

जया प्रदालाई श्रीकान्त नहाटाको साथ त्यहीबेला मिलेको थियो, जतिबेला उनी मुश्किल समय गुजारिरहेकी थिइन् ।

श्रीकान्त एक फिल्म निर्माता थिए । जतिबेला जया प्रदा सर्वाधिक पारिश्रमिक लिने बलिउड अभिनेत्री बनिन्, त्यसबेला उनको घरमा आयकर विभागले छापा मारेको थियो । जया प्रदालाई यसबेला निकै मुश्किल भएको थियो । त्यससँगै उनको फिल्मी करियर पनि ओह्रालो लाग्यो । यद्यपी यसबेला श्रीकान्त नहाटाले उनको साथ दिए ।

विवाहित र तीन बच्चाका पिता थिए श्रीकान्त

यसरी दुःखको क्षणमा जयालाई श्रीकान्तले साथ दिए । साथसाथै उनीहरुको सम्बन्ध मित्रतामा मात्र सीमित रहेन । उनीहरु एकअर्कालाई प्रेम गर्न थाले । उनीहरुको प्रेमको किस्सा फिल्मी दुनियामा छताछुल्ल भयो । तर, दुबैले कसैको परवाह गरेनन् । विवाह गरे ।

सौता लागेको आरोप

जया प्रदा र श्रीकान्तको विवाह भयो । तर, श्रीकान्तले जेठी श्रीमतीसँग सम्बन्ध विच्छेद गरेकै थिएनन् । तीन छोराछोरीका पिता थिए उनी । यति हुँदाहुँदै पनि श्रीकान्तले जयासँग अर्को घरजाम गरे । अतः जयालाई सौताको रुपमा समाजले नराम्रो दृष्टिले हेर्न थाले ।

जयाप्रति घट्दो क्रेज

जया र श्रीकान्तको विवाहलाई समाजले स्विकार गरेनन् । साथसाथै अब जयालाई अभिनेत्रीको रुपमा पनि स्विकार गर्न छाडियो । जया र श्रीकान्तले सन् १९८६ मा एक निजी आयोजना गरेर विवाह गरेका थिए । सबैभन्दा अचम्मलाग्दो कुरा त के भने, श्रीकान्तकी पहिलो पत्नीले यसको कुनै विरोध गरिनन् ।

फिल्मी दुनियाको बाटो बन्द भयो

जब जया प्रदाले विवाह गरे । यससँगै उनको फिल्मी करियर पनि अन्त्य भयो । निर्माता निर्देशकले उनलाई अफर गर्न बन्द गरे । यसको असर जयाको निजी जीवनमा परेको थियो ।

कहिले बन्न पाइनन् आमा

हरेक महिलालाई आफ्नो कोखको सन्तान हुर्काउने रहर हुन्छ । तर, जया प्रदाले यो रहर सधैका लागि त्याग्नुपर्‍यो । खासमा उनी आमा बन्न चाहन्थिन् । यद्यपी आमा कहिल्यै बन्न पाइनन् ।

जयाले आफ्नी बहिनीकी छोरोलाई लिए । तिनै छोरोको पालन पोषण गरेर आमाको सुख भोगको प्रयास गरिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment