Comments Add Comment

बलिउड/हलिउड

List Grid
कंगना भन्छिन्–‘दीपिकाले माफी माग्नुपर्छ’

नायिका कंगना रनावतले अर्की नायिका दीपिका पादुकोणलाई माफी माग्न आग्रह गरेकी छिन् । विशेषगरि, चलचित्र ‘छपाक’को प्रमोशनका क्रममा दीपिकाले एसिड आक्रमणमा परेका महिलाहरुको संवेदनशिलतामा खेलेको भन्दै कंगनाले माफी माग्न भनेकी हुन् । दीपिकाले मेकअप आर्टिस्टलाई टिकटक भिडियो च्यालेञ्जमा आफ्ना ३ लुक्स फेरि बनाउन भनिरहेकी छिन् । जसमा, उनले ‘छपाक’को लुक्स समेत उल्लेख गरेकी छिन् । […]

अक्षयले लिए १२० करोड पारिश्रमिक ?

नायक अक्षय कुमारको करिअर यतिबेला बलेको छ । उनले जे छोएपनि हिट हुने अवस्था छ । यसैले पनि अक्षयको हातमा चलचित्रको कुनै अभाव छैन । एक बर्षमा उनका ४ वटा चलचित्र रिलिज भैरहेका छन् । उनै, नायक अक्षय कुमारले अभिनय गरेको चलचित्र ‘गुड न्यूज’ले बक्स अफिसमा २ सय करोड कमाई गरेको छ । यसैले पनि […]

भूमी भन्छिन्–‘म स्टार होइन, कलाकार हुँ’

बलिउड नायिका भूमी पेन्डेकरको करिअरको ग्राफ माथि चढिरहेको छ । पछिल्लो समय रोजाईकी नायिकाको रुपमा भूमिले आफूलाई स्थापित गरिरहेकी छिन् । उनको हातमा चलचित्रको अभाव छैन । वर्ष २०१९ मा रिलिज भएका तीन चलचित्रले नै भूमिलाई सफलता दिलाएका थिए । ‘साँडकी आँख, बाला र पति पत्नि और ओ’बाट भूमिले आफूलाई स्थपित गरिसकेकी छिन् । यतीका […]

कार दुर्घटनामा शबाना आजमी घाइते, ड्राइभरविरुद्ध एफआइआर दर्ता

बलिउडकी चर्चित कलाकार शबाना आजमी कार दुर्घटनामा घाइते भएकी छिन् । शनिबार मुम्बई–पुणे एक्सप्रेस नाम गरेको हाइवेमा उनको कार एक ट्रकसँग ठोक्किएको थियो । यो दुर्घटनामा शबाना गम्भिर घाइते भएकी छिन् । तर, उनी खतरा भन्दा बाहिर रहेको बलिउड मिडियाले उल्लेख गरेका छन् । उनलाई बलिउडकर्मीले अस्पतालमा पुगेर भेट गरेका छन् । उनको टाउको र […]

अजयको ‘मैदान’मा प्रियमणी

नायक अजय देवगण ‘तान्हाजी’ चलचित्रको व्यापारिक सफलताले दंग छन् । उनी अभिनित यो चलचित्र रिलिजको दोश्रो शनिबारसम्म आइपुग्दा डेढ सय करोड नजिकको व्यापार गर्न सफल छ । चलचित्रले २ सय करोड माथिको व्यापार गर्ने पक्का छ । उनै, अजय अमित रविन्द्रनाथ शर्माको नयाँ चलचित्र ‘मैदान’मा काम गर्दैछन् । यो चलचित्र फुटबलरको कथामा निर्माण हुँदैछ । […]

अजयको सयौं फिल्म सय करोड क्लबमा

नायक अजय देवगण अभिनित सयौं चलचित्र ‘तान्हाजी’ सय करोड क्लबमा प्रवेश गरेको छ । यो चलचित्र रिलिज भएको छैटौ दिनमा सय करोड क्लबमा प्रवेश गरेको हो । शुक्रबार १५.१० करोडको ओपनिङ व्यापार गरेको यो चलचित्रले शनिबार २०.५७ करोडको व्यापार गर्यो । आइतबार चलचित्रले २६.२६ करोडको व्यापार गर्दा सोमबार १३.७५ करोड कमायो । मंगलबार १५.२८ करोडको […]

मे महिनामा बिहे गर्दै बरुण र नताशा

नायक बरुण धवन लामो समयदेखि डिजाइनर नताशा दलालको प्रेममा छन् । बरुणले, नताशासँगको प्रेम स्विकार गरेका छन् । तर, यी दुइले आफ्नो सम्बन्धलाई सधै नै एउटा स्थानमा राख्ने गरेका छन् । तर, विगत केही महिनादेखि नताशा र बरुण सार्वजनिक कार्यक्रममा देखिन थालेका छन् । उनीहरुले नयाँ बर्ष पनि एकसाथ मनाए । भारतीय मिडियाका अनुसार, नताशा […]

‘गंगुबाई काठियावाडी’मा ‘माफिया क्विन’ आलिया

चलचित्र ‘इन्साअल्ला’ निर्माण नहुने भएपछि निर्देशक संजयलिला भन्सालीका फ्यानहरुका लागि उनको नयाँ चलचित्रको प्रतिक्षा खुबै थियो । उनै, संजय यतिबेला नायिका आलिया भट्टलाई मुख्य भूमिकामा राखेर ‘गंगुबाई कठियावाडी’ निर्देशन गर्दैछन् । यो चलचित्रको फस्टलुक सार्वजनिक गरिएको छ । चलचित्रको फस्टलुकमा नायिका आलिया भट्टलाई ‘माफिया क्विन’को रुपमा प्रस्तुत गरिएको छ । भन्साली ऐतिहासिक तथा फरक कथामा […]

रामदेवको दीपिकालाई सुझाव–‘मलाई राजनीतिक सल्लाहाकार राख्नुहोस्’

नायिका दीपिका पादुकोण अभिनित चलचित्र ‘छपाक’ले बक्स अफिसमा सोमबारदेखि दम तोडेको छ । सोमबार २ करोडको हारहारीमा चलचित्रले कमाई गरेको छ । बक्स अफिसमा यो चलचित्र असफल हुने पक्का देखिएको छ । दीपिका चलचित्र रिलिज अगाडि दिल्लीको जहवारलाल नेहरु विश्वविद्यालयका विद्यार्थीलाई भेट्न पुगेकी थिइन् । योसँगै उनी विवादमा तानिइन् र उनको चलचित्र बहिष्कारको अभियान समेत […]

मलाइकासँगको बिहेबारे अर्जुन भन्छन्–‘जब म बिहे गर्छु, कसैसँग लुकाउदिनँ’

नायक अर्जुन कपुर र नायिका मलाइका अरोराको प्रेम सम्बन्ध कसैसँग पनि लुकेको छैन । उनीहरुले, प्रेम सम्बन्धलाई सबैमाझ प्रस्तुत गरिसकेका छन् । मलाइकासँग केही बर्ष अघिदेखि नै प्रेममा रहेका अर्जुनलाई परिवारले बिहेका लागि दबाब दिन थालेका छन् । यो बिषयमा अर्जुन भन्छन्–‘म सबैको कुरा सुन्छु, तर आफ्नो मनले भनेको काम गर्छु । एउटा समय यस्तो […]

‘मीमी’का लागि १५ केजी तौल बढाउँदै कृती

नायिका कृती सेनन बलिउड बजारमा जमेकी छिन् । उनी, अभिनित चलचित्रले गतबर्ष राम्रो कमाई गर्यो । उनै, कृतीको डिमाण्ड अहिले बलिउडमा चुलिएको छ । उनलाई बलिउडका चलेका स्टारसँग काम गर्ने अवसर मिलिरहेको छ । उनै, कृती अब नयाँ चलचित्र ‘मीमी’मा काम गर्दैछिन् । यो चलचित्रका लागि नायिकाले निकै नै मिहिनेत पनि गरिरहेकी छिन् । यो […]

‘मिस्टर लेले’मा वरुणको यस्तो रुप

बलिउड नायक वरुण धवन अहिले चलचित्र ‘स्ट्रिट डान्सर थ्रीडी’को प्रचार प्रसारमा व्यस्त छन् । उनी अभिनित चलचित्र ‘कुल्ली नम्बर १’ पनि पोष्ट प्रोडक्सनमा छ । यी दुई चलचित्र पाइपलाइनमै रहेको अवस्थामा बरुणको नयाँ चलचित्रको फस्टलुक रिलिज गरिएको छ । शशांक खैतानको निर्देशनमा बन्न लागेको चलचित्र ‘मिस्टर लेले’मा उनी मुख्य भूमिकामा देखिने भएका हुन् । सोमबार […]

जेफ बेजोस र साहरुख एउटै स्टेजमा देखिने

अनलाइन सपिङ अमेजनका संस्थापक जेफ बेजोस भारत भ्रमणमा आउने भएका छन् । जनवरी १५ बाट उनले ३ दिनसम्म भारत भ्रमण गर्नेछन् । सो समयमा उनी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविच पनि भेटवार्ता हुने भारतीय मिडियाले उल्लेख गरेका छन् । तर, भारत भ्रमणका क्रममा जेफले बलिउडका चर्चित नायक साहरुख खानसँग पनि भेट गर्नेछन् । विश्वकै धनाढ्यको […]

यस्तो छ ‘तान्हाजी र छपाक’को व्यापार

बक्स अफिसमा शुक्रबारदेखि रिलिजमा आएका दुई बलिउड चलचित्रले सुखद व्यापार गरेका छन् । नायक अजय देवगणको ऐतिहासिक कथामा बनेको चलचित्र ‘तान्हाजी’ले २ दिनमा ३५ करोडको व्यापार गरेको छ । शुक्रबार १५.१० करोडको व्यापार गरेको चलचित्रले शनिबार २०.५७ करोडको व्यापार गर्यो । चलचित्रको वर्ड अफ माउथ सुखद छ । यसैले पनि चलचित्रको व्यापारमा उछाल देखिएको हो […]

सुटिङका क्रममा साहिद घाइते

गतबर्ष चलचित्र ‘कविर सिंह’बाट बलिउडमा तारिफ कमाएका नायक साहिद कपुर यतिबेला नयाँ चलचित्र ‘जर्सी’को छायांकन गरिरहेका छन् । साहिद, चलचित्रको छायांकनका क्रममा घाइते भएका छन् । मोहालीमा क्रिकेट खेलिरहेको दृश्यको छायांकनका क्रममा साहिदको अनुहारमा गम्भिर चोट लागेको छ । उनको अनुहारमा १२ टाँका लगाइएको भारतीय मिडियाले बताएका छन् । उनै, साहिद चलचित्रको छायांकन छाडेर केही […]

मन्त्री इरानी भन्छिन्–‘दीपिका कांग्रेस पार्टीको समर्थक हुन्’

दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा भएको हिंसाको विरोधमा उत्रिएका विद्यार्थीहरुको समर्थन गर्न पुगेकी नायिका दीपिका पादुकोणमाथि भारतको केन्द्रिय मन्त्री स्मृती इरानी खनिएकी छिन् । चेन्नाइमा आयोजना भएको एक कार्यक्रममा मन्त्री इरानीले भनिन्–‘दीपिकाले सन् २०११ मा नै बताइसकेकी थिइन् कि, उनी कांग्रेस पार्टीको समर्थन गर्छिन् ।’ सामाजिक संजालमा भाइरल भएको एक भिडियोमा दीपिकाले राहुल गान्धी प्रधानमन्त्री बनेको […]

‘राधे’पछि सलमानको नयाँ फिल्म ‘कभी इद कभी दिवाली’

नायक सलमान खानका चलचित्र हरेक बर्षको इदमा रिलिज हुन्छन् । बलिउडमा इद भन्ने वित्तिकै सलमानको हो भन्ने समेत भइसकेको छ । यो बर्ष पनि सलमानको नयाँ चलचित्र ‘राधे’ इदको अवसर पारेर रिलिज हुँदैछ । यो चलचित्रमा सलमान एक्सन अवतारमा देखिदैछन् । सलमानको सन् २०१३ को इदमा मात्र चलचित्र रिलिज भएको थिएन । यो बाहेक उनी, […]

सारासँगको प्रेमबारे आर्यन भन्छन्–‘फिल्म चल्नु अगाडि नै हामी जोडी बन्यौं’

चलचित्र ‘आज कल’मा काम गरेसँगै नायक कार्तिक आर्यन र नायिका साराअली खानको प्रेम सम्बन्धको चर्चा सुरु भयो । लभ स्टोरी कथामा बनेको यो चलचित्रको छायांकनको क्रममा सारा र आर्यन नजिक भएका थिए । तर, केही समयदेखि आर्यन र साराविच ब्रेकअप भएको खबर पनि मिडियामा सार्वजनिक भैरहेको छ । प्रेम र ब्रेकअपको बिषयमा सारा र आर्यनले […]

४६ बर्षमा ऋतिक

बलिउडमा ह्यान्डसम नायक ऋतिक रोशन आजबाट ४६ बर्षमा प्रवेश गरेका छन् । ऋतिक बलिउडमा प्रवेश गरेको पनि २० बर्ष भएको छ । ऋतिकले अभिनय गरेको पहिलो बलिउड चलचित्र ‘कहो ना प्यार हे’ हो । यो चलचित्र बक्स अफिसमा सुपरहिट भएसँगै ऋतिकको करिअर उदायो । उनी अभिनित २ चलचित्र गतबर्ष रिलिज भए र बक्स अफिसमा सुपरहिट […]

रीयाको प्रेममा सुशान्त

बलिउड नायक सुशान्त सिंह राजपुत केही समयदेखि नायिका रीया चक्रवर्तीको प्रेममा रहेको चर्चा मिडियामा चलिरहेको थियो । तर, यी दुबैले प्रेमको बिषयमा केही पनि बोलेका थिएनन् । यतिसम्म कि, सुशान्तको टिमले समेत यो कुरालाई अस्विकार गरेको थियो । तर, उनीहरु विभिन्न स्थानमा एकसाथ देखिएका भने थिए । तर, अब भने सुशान्त आफ्नो प्रेमलाई सार्वजनिक गर्ने […]

अजय भन्छन्–‘हिंसा समाधान होइन’

जवाहरलाल नेहरु विश्वविद्यालयमा जनवरी ५ मा विद्यार्थीहरुमाथि नकावधारीले गरेको आक्रामणको विरोधमा बलिउडकर्मी पनि अगाडि आएका छन् । नायिका दीपिका पादुकोणले घाइते विद्यार्थीहरुलाई विश्वविद्यालयमा पुगेर भेट गरेपछि अहिले ट्विटरमा उनको पक्ष र विपक्षमा बहस पनि देखिएको छ । तर, उनीपछि पनि बलिउडकर्मीले यो बिषयमा बोलिरहेका छन् । नायक अजय देवगणले पनि विद्यार्थी कुटपिटको बिषयमा आफ्नो मुख […]