+
+
Shares

घरमा चल्दैन शाहरुख खानको मर्जी, पत्नी गौरीका यस्ता छन् कडा नियम

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २६ गते १२:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शाहरुख खानले दुबईमा आयोजित कार्यक्रममा घरभित्र के गर्ने र के नगर्ने भन्ने निर्णय पत्नी गौरी खानले गर्ने बताए।
  • उनले घरमा वाइफाइ, ओछ्यानमा खाना र घरको रङदेखि बत्तीको व्यवस्थाबारे धारणा राख्न पनि नपाइने खुलाए।

बलिउडका ‘किङ खान’ अर्थात् शाहरुख खान आफ्ना फिल्मसँगै रमाइलो स्वभाव र हँसिलो शैलीका लागि पनि परिचित छन् । हालै दुबईमा आयोजित एक कार्यक्रममा उनले पत्नी गौरी खान र घरभित्रका नियमबारे रमाइलो खुलासा गरेका छन् । उनको कुरा सुनेर कार्यक्रममा उपस्थित दर्शकहरू हाँसेका थिए ।

शाहरुखले आफ्नो घरमा आफू र छोराछोरी आर्यन तथा सुहानाको केही नचल्ने बताए । घरमा के गर्ने र के नगर्ने भन्ने निर्णय गौरीले नै गर्ने उनको भनाइ थियो । रमाइलो कुराकानीका क्रममा उनले आफ्नो आगामी फिल्म ‘किङ’ को दमदार संवाद सुनाएर कार्यक्रमको माहोल तताए ।

शाहरुख खान दुबईमा आयोजित ‘शाहरुख रेसिडेन्स बाई ड्यान्युब’ नामक परियोजनाको उद्‍घाटन कार्यक्रममा सहभागी भएका थिए । यो विलासी आवासीय परियोजनाको पेन्टहाउसको भित्री सजावट गौरी खानले गरेकी हुन् ।

कार्यक्रममा निर्देशक करण जोहरले शाहरुखलाई आफ्नै घरमा कुन काम गर्न अनुमति छैन भनेर सोधेका थिए ।

गौरीका नियमबारे के भने शाहरुखले ?

करणको प्रश्नमा शाहरुखले ठट्टा गर्दै घरमा आफूले केही गर्न नपाउने बताए । उनका अनुसार घरमा वाइफाइबारे गुनासो गर्न, ओछ्यानमा बसेर खाना खान वा घरको रङ, चित्र, सिँढी, लिफ्ट, छत र बत्तीको व्यवस्थाबारे समेत आफ्नो धारणा राख्न पाइँदैन ।

शाहरुखले भने, ‘हामी चुपचाप बसेर घरको आनन्द लिन्छौँ र गौरीलाई तपाईंले कति राम्रो घर बनाउनुभयो भनेर भन्छौँ । अहिले यो पेन्टहाउसमा आएर पनि मैले यही भन्नुपर्ने हुन्छ– गौरी, तपाईंले कति राम्रो पेन्टहाउस बनाउनुभयो । घरबाहिर हामी स्वतन्त्र छौँ, तर घरभित्र हाम्रो केही चल्दैन ।’

शाहरुखलाई कसको धेरै डर लाग्छ ?

यही कुराकानीका क्रममा करण जोहरले शाहरुखलाई व्यवसाय, बक्स अफिस वा पत्नीमध्ये कससँग बढी डर लाग्छ भनेर सोधेका थिए । जवाफमा शाहरुखले आफ्नो आगामी फिल्म ‘किंग’ को संवाद सम्झाउँदै दमदार शैलीमा भने, ‘हजारौँ मुलुकमा बदनाम र दुनियाँले दिएको एउटै नाम, अनि त्यो नाम किन थाहा छ ? किनकि म डर होइन, दहशत हुँ ।’

शाहरुख खान चाँडै फिल्म ‘किंग’ मा देखिँदैछन् । सिद्धार्थ आनन्दको निर्देशनमा निर्माण भइरहेको यो एक्सन थ्रिलर फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण, सुहाना खान, रानी मुखर्जी, अभिषेक बच्चन र अभय वर्माको पनि मुख्य भूमिका रहनेछ ।

फिल्म आगामी डिसेम्बर ४ मा प्रदर्शन हुने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?