+
+
Shares

साथीको समर्पणमा कति मनछुने कुरा लेखिन् प्रियंकाले

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १२:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रियंका चोपडाले आफ्नी निकट साथी तमन्ना दत्तको जन्मदिनमा दर्जन हाराहारी फोटो पोस्ट गर्दै प्रेममय शब्द लेखेकी छिन्।
  • प्रियंकाले तमन्नासँग २६ वर्षदेखिको मित्रता रुममेटदेखि पार्टी पार्टनर, मिल्ने साथी हुँदै बहिनीसम्म पुगेको बताइन्।
  • तमन्ना दत्त प्रियंकाकी सबैभन्दा नजिककी साथी हुन् र उनीहरूले वर्षौंदेखि एकअर्कालाई साथ दिँदै आएका छन्।

मित्रताको कथा त कृष्णजी र सुदामाको पालादेखि सुन्दै आएको हो । त्यही मित्रतालाई धेरैले आदर्श पनि मान्दै आएका छन् । हुन पनि जीवनमा मित्रताको मूल्य अलग हुन्छ र अनमोल पनि । सायद यस्तै हुनुपर्छ, बलिउड अभिनेत्री प्रियंका चोपडा र तमन्ना दत्तबीचको मित्रता । उनले आफ्नी हितैषीको जन्मदिनमा दर्जन हाराहारीका फोटो पोस्ट गर्दै प्रेममय शब्दहरू लेखेकी छिन्।

प्रियंका चोपडा लेख्छिन्, ‘मेरी सधैँकी प्रिय साथी, रुममेटदेखि पार्टी पार्टनर, मिल्ने साथी हुँदै बहिनीसम्मको हाम्रो यात्रा । मेरी मेड अफ अनर बनेदेखि अहिले तमन्ना मासी बन्नेसम्म, यी २६ वर्ष आँधीबेहरीझैँ बितेका छन् । तर एउटा कुरा कहिल्यै बदलिएको छैन, त्यो हो तिमी ।

सधैँ मेरो साथमा उभिने, मलाई हौसला दिने र मेरा गल्ती औँल्याउन पछि नहट्ने, तर सधैँ सच्चा साथी बनेर रहने तिमी । सुनजस्तै अमूल्य मन भएकी तिमी मेरो जीवनको स्थायी साथ हौ ।

म तिमीलाई धेरै माया गर्छु । जन्मदिनको धेरै धेरै शुभकामना, मेरी सुनजस्ती प्रिय साथी ।’

तमन्ना दत्त प्रियंकाकी सबैभन्दा नजिककी साथी हुन् । उनीहरूले वर्षौंदेखि एकअर्कालाई साथ दिँदै आएको बताउने गर्छन् । साथै, एकअर्काको जन्मदिनमा उनीहरूले मित्रताको बखान गर्दै पुराना दिनका फोटोहरू सेयर गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?