News Summary
Generated by OK AI. Editorially reviewed.- प्रियंका चोपडा र जेन मलिकले भोटेकोशी बाढीको तस्वीरसहित १० हजार बालबालिकालाई तत्काल मानवीय सहायता आवश्यक रहेको सन्देश पोस्ट गरेका छन् ।
- उनीहरूले युनिसेफको ‘नेपालमा विनाशकारी बाढी : १० हजार बालबालिकालाई तत्काल मानवीयता सहायता जरुरी छ’ भन्ने सूचना सेयर गरेका छन् ।
- बुधबार रसुवा र नुवाकोटमा भएको जनधनको क्षति दर्शाउने फोटो पनि उनीहरूले सार्वजनिक गरेका छन् ।
काठमाडौं । विश्वचर्चित अभिनेत्री प्रियंका चोपडा र गायन जेन मलिकले नेपालका १० हजार बालबालिकालाई तत्काल मानवीय सहायता जरुरी रहेको बताएका छन् ।
यी दुई विश्वप्रसिद्ध स्टारले भोटेकोशी बाढीको तस्वीरसहितको सूचना पोस्ट गर्दै उक्त आह्वान गरेका हुन् ।
‘नेपालमा विनाशकारी बाढी : १० हजार बालबालिकालाई तत्काल मानवीयता सहायता जरुरी छ’ प्रियंका र जेनले राष्ट्रसंघीय बालकोष युनिसेफको सूचना सेयर गरेको सन्देशमा भनिएको छ ।
बुधबार रसुवा र नुवाकोटमा भएको जनधनको क्षति दर्शाउने फोटो पनि उनीहरू हालेका छन् ।
प्रियंका चर्चित बलिउड र हलिउड अभिनेत्री हुन् भने जेन विश्वचर्चित सांगीतिक समूह ‘वान डिरेक्सन’का पूर्व सदस्य हुन् । नेपालका युवापुस्तामाझ चर्चित जेन पछिल्लो समय स्वतन्त्ररुपमा संगीत निर्माणमा संलग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4