१४ भदौ, काठमाडौं । चिनियाँ सुरुङ उद्धार विशेषज्ञको अर्को टोली पनि नेपाल आएर काम सुरु गरेको छ। नेपालस्थित चिनियाँ दूतावासले दिएको जानकारीअनुसार विशेषज्ञको टोली आज बिहान नेपाल आइपुगेको हो।
उक्त टोलीले अहिले रसुवाको विभिन्न सुरुङमा फसेकाहरूको उद्धार प्रयासको काम सुरु गरिसकेको दूतावासले जनाएको छ।
चिनियाँ सुरुङ उद्धार विशेषज्ञको टोली यसअघि पनि नेपाल आएर उद्धार कार्य सुरु गरिसकेको छ।
भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण केही व्यक्तिहरू सुरुङमै फसेको बताइएको छ। उनीहरूकै उद्धारका लागि विशेषज्ञहरूको टोली नेपाल आएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4