१४ भदौ, काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि सिद्धार्थ बैंकले २ करोड ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
उक्त रकमको चेक सिद्धार्थ बैंकका अध्यक्ष राहुल अग्रवाल तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे ।
विपद् प्रभावितहरूको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरिएको बैंकले जनाएको छ ।
विपद्का कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । त्यस्तै प्रभावित समुदायको पुनर्स्थापना, उद्धार र जनजीवन पुनर्बहालीका लागि सफलताको कामना गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4