News Summary
Generated by OK AI. Editorially reviewed.- सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित उद्यमका लागि 'सिद्धार्थ महिला समृद्धि' कर्जा योजना सञ्चालनमा ल्याएको छ ।
- यस योजनाअन्तर्गत महिला उद्यमीले १५ लाख रुपैयाँसम्म बिना धितो तथा ५० लाख रुपैयाँसम्म धितोको आधारमा कर्जा पाउनेछन् ।
- बैंकले आईएफसीको प्राविधिक सहयोगमा विकसित विशेष स्कोरकार्ड प्रणालीमार्फत उद्यमको सम्भावनालाई प्राथमिकता दिँदै कर्जा प्रवाह गर्नेछ ।
२८ असार, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले ‘सिद्धार्थ महिला समृद्धि’ कर्जा योजना सञ्चालनमा ल्याएको छ ।
महिला स्वामित्व वा नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमलाई लक्षित गरी ल्याइएको यस कर्जा योजनाअन्तर्गत महिला उद्यमीले १५ लाख रुपैयाँसम्म बिना धितो कर्जा पाउन सक्नेछन् ।
त्यसैगरी, आंशिक धितोका आधारमा २५ लाख रुपैयाँसम्म तथा पूर्ण धितोका आधारमा ५० लाख रुपैयाँसम्म कर्जा सुविधा उपलब्ध हुनेछ । यसका लागि बैंकले इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी)को प्राविधिक सहयोगमा विशेष ‘स्कोरकार्ड’ मूल्यांकन प्रणाली विकास गरेको छ ।
यस प्रणालीले परम्परागत बैंकिङ अभ्यास जस्तै धितोलाई मात्र प्रमुख आधार नबनाई व्यवसायको प्रकृति, सञ्चालन अनुभव, वित्तीय अवस्था, नगद प्रवाह तथा उद्यमीको क्षमता लगायतका पक्षहरूको समग्र विश्लेषण गर्दछ । यस व्यवस्थाले धितो अभावकै कारण वित्तीय पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्दै व्यवसायको सम्भावनालाई प्राथमिकतामा राख्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया 4