१४ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो खेलमा सगरमाथा स्म्यासर्स र मधेश वारियर्सबीच प्रतिस्पर्धा हुने भएको छ । आयोजक केडिया ग्रुपले आइतबार लिगको खेलतालिका सार्वजनिक गरेको हो ।
यही भदौ १९ देखि त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुने लिगको पहिलो दिन दुई खेल हुनेछ । पहिलो दिनको दोस्रो खेल अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराजबीच हुनेछ ।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिगमा कूल ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । लिगमा कूल १७ खेल हुनेछ ।
लिग चरणको खेलहरु सिंगल राउन्ड रोबिनको आधारमा हुनेछ । लिग चरणमा १५ खेल हुनेछ ।
लिग चरणको खेलहरु पछि शीर्ष स्थानमा रहने टोली सिधै फाइनल प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच प्लेअफ खेल हुनेछ ।
यो खेलको विजेता फाइनल प्रवेश गर्नेछ ।



प्रतिक्रिया 4