News Summary
Generated by OK AI. Editorially reviewed.- स्वस्तिमा खड्काले ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएपछि फिल्मभन्दा गीतले धेरै ठाउँमा पुर्याएको बताइन्।
- फिल्म ‘लालिबजार’को उक्त गीत सात महिनाअघि सार्वजनिक भएको हो।
- खेम सेन्चुरी र दीपिका बयम्बु मगरको स्वर रहेको गीतमा रमेश बीजीको शब्द र खेम सेन्चुरीकै सङ्गीत छ।
अभिनेत्री स्वस्तिमा खड्काले एउटा फोटो सेयर गर्दै लेखेकी थिइन्, ‘नेपालका कतिपय ठाउँमा, जहाँ सायद मेरा फिल्महरू पुग्न सकेनन्, त्यहाँ मेरा गीतहरूले मलाई पुर्याइदिए । मेरो करियरमा गीतहरूको भूमिका एकदमै ठूलो छ ।’
उनले यो प्रसङ्ग उप्काउनुको कारण हो, ‘मायालाई के दिऊँ म बैना’ले पाएको सफलता । यो गीतले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएपछि दङ्ग पर्दै स्वस्तिमाले उक्त पोस्ट गरेकी हुन् ।
यो गीत फिल्म ‘लालिबजार’को हो । फिल्म षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको हो । गीत युट्युबमा सार्वजनिक भएको सात महिना पुग्दै छ ।
खेम सेन्चुरी र दीपिका बयम्बु मगरको स्वर, रमेश बीजीको शब्द तथा खेम सेन्चुरीकै सङ्गीत रहेको गीतमा स्वस्तिमा खड्का र समाइरा थापालगायतको आकर्षक प्रस्तुति छ । प्रदीप लामाको नृत्य निर्देशन रहेको गीतले युट्युबसँगै टिकटक र रिल्समा पनि दर्शकको ध्यान खिचेको छ ।
नेपाली फिल्मका गीतहरूबीच युट्युब भ्युजको प्रतिस्पर्धा बढिरहेका बेला ‘मायालाई के दिऊँ म बैना’ले हासिल गरेको यो सफलताले चलचित्रको डिजिटल पहुँच र गीतको लोकप्रियता दुवैलाई उजागर गरेको छ ।
प्रतिक्रिया 4