+
+
Shares

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

लहरै तीनवटा रथ निकालेर सुरु गरिने यो जात्रा काठमाडौंका अन्य जात्रा भन्दा फरक हुन्छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ कात्तिक १० गते १६:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको हाँडीगाउँमा कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि ३ दिन मनाइने जात्रा सुरु भएको छ ।
  • जात्रामा लहरै निकालिएका ३ रथ नगरपरिक्रमा गराइन्छ र स्थानीयले पूजा तथा स्वागत गर्ने चलन छ ।
  • रथको गजुर घुमाउँदा खस्ने मैनको सुगन्धित फूल टिपेर प्रसूति पीडामा रहेकी महिलालाई सुघाउने विश्वास छ ।

१० कात्तिक, काठमाडौं । एउटा नेपाली उखानै छ ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा ।’ काठमाडौंको हाँडीगाउँमा अहिले त्यही जात्रा सुरु भएको छ ।

कोजाग्रत पूणिर्माको भोलिपल्टदेखि ३ दिनसम्म यो जात्रा मनाउने गरिन्छ । लहरै तीनवटा रथ निकालेर सुरु गरिने यो जात्रा काठमाडौंका अन्य जात्रा भन्दा फरक हुन्छ । रथको गजुर तलपारी र गर्भगृह र भगवानको मूर्तिमाथि राखेर रथको निर्माण गरिन्छ ।

भगवान राखिएको गर्भगृहलाई तलबाट बेस्सरी घुमाउने गरिन्छ । साथै रथमा मैनको सुगन्धित फूल बनाई राख्ने गरिन्छ । यसैले फरक र पृथक शैलीमा जात्रा मनाइने भएकोले कहिँ नभएको जात्रा हाँडी गाउमा भनिएको स्थानीय बताउछन् ।

जात्रामा निकालिएका तीन वटा रथलाई नगरपरिक्रमा गराउँदा स्थानीयले पूजा तथा स्वागत गर्ने चलन छ साथै रथ सजाउन प्रयोग भएको मैनको वास्नादार फूल रथको गजुर घुमाउदा खस्ने हुदा फूल टिप्नेको भीड हुने गर्दछ । यो फूललाई प्रसूति पीडामा रहेकी महिलालाई सुघाउदा पीडा कम हुने विश्वास गरिन्छ ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?