News Summary
Generated by OK AI. Editorially reviewed.- मलाइका अरोरा ५३ वर्ष टेक्दै पनि जवान देखिने चर्चा छ, र उनी फिटनेस तथा ग्ल्यामरस शैलीका कारण चर्चामा छिन्।
- उनले अरबाज खानसँग १९९८ मा विवाह गरेकी थिइन्, पछि डिभोर्स भयो र अर्जुन कपूरसँगको सम्बन्ध पनि टुंगिएको छ।
- अरहान खानको पोडकास्ट ‘डम्ब बिरयानी’ को टिजरपछि ‘तपाईं विवाह कहिले गर्दै हुनुहुन्छ ?’ प्रश्नलाई लिएर सामाजिक सञ्जालमा बहस छिडियो।
मलाइका अरोराको उमेर कति भयो होला ? उनको अनुहार र शरीरको चालढाल हेरेर उमेरको अंक अनुमान गर्न सक्नुहुन्न ।
किनभने उमेर ५३ वर्ष टेक्दै गर्दा मलाइका उत्तिकै जवान देखिन्छिन् । ग्ल्यामरस शैली र फिटनेसका कारण उनलाई अहिलेसम्म बुढ्यौलीले छुन सकेको छैन ।
यसबीच उनको दाम्पत्य र प्रेम सम्बन्धले उनलाई अझै विश्राम दिएको छैन । केही वर्षअघि उनले अरबाज खानसँगको दाम्पत्य सम्बन्धलाई पूर्णविराम लगाएकी थिइन् । त्यसपछि उनको सम्बन्ध अर्जुन कपूरसँग बढ्यो । अहिले उनीहरूको ब्रेकअप भइसकेको छ । र, उनी यतिमै रोकिएकी छैनन् । फेरि अर्को प्रेम सम्बन्धका कारण चर्चामा छिन् ।
त्यसो त अरू थुप्रैसँग उनको सम्बन्ध जोडिएको चर्चा पनि चल्यो । डिनो मोरिया, हिरा व्यवसायी हर्ष मेहता र अभिनेता-मोडल सोराब बेदीसँग उनको नाम जोडिएको थियो ।
‘छैंया छैंया’ बाट पहिचान
मलाइका अरोराले मोडलिङ र टेलिभिजनबाट करियर सुरु गरेकी थिइन् । सन् १९९८ मा आएको फिल्म ‘दिल से’ को गीत ‘छैंया छैंया’ मा नृत्य गरेपछि उनी सर्वत्र चिनिइन् । त्यसपछि ‘मुन्नी बदनाम हुई’ जस्ता गीतहरूले उनको लोकप्रियता बढाए । उनले रियालिटी शोहरूमा निर्णायकका रूपमा पनि पहिचान बनाइन् र फिटनेस, फेसन तथा लाइफस्टाइलबारे चर्चामा रहिन् ।
मलाइकाका व्यावसायिक उपलब्धिसँगै निजी सम्बन्धहरू पनि चर्चाको विषय बने । अरबाज खानसँग विवाह गरेपछि उनी धेरै वर्षसम्म चर्चित सेलिब्रिटी जोडीको हिस्सा रहिन् । सम्बन्धविच्छेदपछि अर्जुन कपूरसँगको सम्बन्ध सार्वजनिक भएपछि उमेरको अन्तर र विवाहको सम्भावनाबारे प्रश्न उठे ।
अरबाज खानसँग पहिलो भेट, प्रेम र सन् १९९८ मा विवाह
मलाइका अरोरा र अरबाज खानको भेट विज्ञापनको सुटिङका क्रममा भएको थियो । दुवै नजिकिए र डिसेम्बर १९९८ मा विवाह गरे । त्यस बेला मलाइका मोडलिङमा पहिचान बनाउँदै थिइन् भने अरबाज अभिनेता र फिल्म निर्माताका रूपमा काम गर्दै थिए ।
विवाहपछि दुवै प्रायः फिल्मी पार्टी र सार्वजनिक कार्यक्रममा सँगै देखिन्थे । उनीहरूका छोरा अरहान खानको जन्म भयो । दुवैले परिवार र करियरबीच सन्तुलन मिलाउँदै धेरै वर्ष सँगै बिताए । लामो समयसम्म सँगै बसेपछि उनीहरूको सम्बन्धमा दूरी बढ्दै गयो । उनीहरुले डिभोर्स गरे ।
यो निर्णय मलाइकाका लागि भावनात्मक रूपमा सजिलो थिएन । सम्बन्ध टुटेपछि मलाइका र अरबाज आ-आफ्नो जीवनमा अगाडि बढे । अरबाजले पछि शूरा खानसँग विवाह गरे भने मलाइकाको नाम अर्जुन कपूरसँग जोडिन थाल्यो ।
अर्जुन कपूरको जीवनमा मलाइका
अरबाजसँग छुट्टिएपछि मलाइका अरोरा र अर्जुन कपूर नजिकिएको समाचार आउन थाले । दुवै पार्टी, फिल्मी कार्यक्रम र छुट्टी मनाउने क्रममा सँगै देखिए । सुरुमा उनीहरूले सम्बन्धबारे खुलेर कुरा गरेनन्, तर पछि सार्वजनिक रूपमा सँगै देखिन थाले ।
अर्जुन र मलाइकाको सम्बन्धको सबैभन्दा बढी चर्चा उमेरको अन्तरलाई लिएर भयो । मलाइका उमेरमा अर्जुनभन्दा जेठी छिन्, तर दुवैले यसलाई सम्बन्धमा बाधा बन्न दिएनन् । तर, केही वर्षपछि उनीहरूको सम्बन्धमा पनि पूर्णविराम लाग्यो । दुवै एकअर्काबाट अलग भए ।
अर्जुनसँग छुट्टिएपछि हर्ष मेहतासँग जोडियो नाम
अर्जुन कपूरसँग छुट्टिएपछि मलाइका अरोराको नाम कथित नयाँ प्रेम सम्बन्धलाई लिएर फेरि चर्चामा आयो ।
मलाइका अरोराको निजी जीवनसँग सम्बन्धित चर्चित घटनामध्ये एक उनको छोरा अरहान खानको पोडकास्ट ‘डम्ब बिरयानी’ पनि हो । मलाइका आफ्नो छोराको शोमा पाहुनाका रूपमा सहभागी भएकी थिइन् । कुराकानीमा निजी जीवन, सम्बन्ध र विवाहजस्ता विषय समावेश थिए ।
कुराकानीका क्रममा अरहानले आफ्नी आमालाई सोधे, ‘तपाईं विवाह कहिले गर्दै हुनुहुन्छ ?’ यो प्रश्न–जवाफले मानिसहरूको ध्यान तान्यो । मलाइका आफ्नो छोरासँग उसको निजी जीवनबारे प्रश्न गरिरहेकी थिइन् भने अरहान आफ्नी आमाको विवाह योजनाबारे जान्न चाहन्थे ।
प्रश्नमाथि सामाजिक सञ्जालमा किन बहस छिडियो ?
पोडकास्टको टिजर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा फरक–फरक प्रतिक्रिया आए । केही प्रयोगकर्ताले यसलाई आमा–छोराबीच खुलेर कुराकानी गर्ने उदाहरण माने भने केहीले यौन र कुमारित्वजस्ता निजी विषयमा प्रश्न सोधिएकोमा आपत्ति जनाए ।
प्रतिक्रिया 4