+
+
Shares

मन्दिरमा भयो ‘हनुमान अंश’को सक्सेस पार्टी : भजन–आरती, पाहुनालाई सात्त्विक भोजन

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कार्तिक आर्यन जुहुस्थित इस्कोन मन्दिरमा ‘हनुमान अंश’को १०० दिन पुगेको सफलताको उत्सवमा सहभागी भएका छन् ।
  • करिब १ करोड ५० लाखदेखि २ करोड बजेटको फिल्मले भारतमा ३४२ करोड ८६ लाख र विश्वभर ४५३ करोड ३३ लाख भारु कमाएको छ ।
  • फिल्म नोभेम्बर २७, २०२६ देखि सोनी लिभमा स्ट्रिम हुने रिपोर्ट छ, र ओटीटी तथा टेलिभिजन अधिकार करिब ६० करोडमा बिक्री भएको भनिएको छ ।

कार्तिक आर्यन मुम्बईको जुहुस्थित इस्कोन मन्दिरमा फिल्म ‘हनुमान अंश’को सफलताको उत्सवमा सहभागी भएका छन् । फिल्मले हलमा प्रदर्शनको १०० दिन पूरा गरेको अवसरमा निर्माण पक्षले उक्त कार्यक्रम आयोजना गरेको हो ।

करिब १ करोड ५० लाखदेखि २ करोड भारतीय रुपैयाँको बजेटमा बनेको यस फिल्मले भारतमा ३४२ करोड ८६ लाख भारु नेट र विश्वभर ४५३ करोड ३३ लाख भारु ग्रस कमाइ गरेको छ । सुरुवाती दुई सातासम्म सुस्त व्यापार गरेको फिल्मले तेस्रो सातादेखि भने तीव्र गतिमा कमाइ बढाएको थियो ।

फिल्मको सफलताको उत्सव सामान्य बलिउड पार्टीभन्दा फरक थियो । धार्मिक स्थलमा आयोजना गरिएको कार्यक्रममा भजन र आरती गरिएको थियो ।

सफलता उत्सवमा फिल्मका मुख्य अभिनेता शोभिनव सत्य (जसले नीम करौली बाबाको भूमिका निर्वाह गरेका छन्) र निर्देशक डा. विशाल चतुर्वेदी पनि सहभागी भएका थिए ।

निर्माण पक्षले फिल्मको सफलताको उत्सव कुनै पाँचतारे होटल वा महँगो रेस्टुरेन्टमा नभई जुहुस्थित इस्कोन मन्दिरमा मनाएको हो ।

रिपोर्टअनुसार कार्यक्रममा मदिरा वा मांसाहारी परिकार राखिएको थिएन । पाहुनाका लागि शाकाहारी तथा सात्त्विक भोजनको व्यवस्था गरिएको थियो ।

कार्यक्रमका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । ती भिडियोमा कार्तिक आर्यन मन्दिर परिसरमा पुग्दै फिल्मका टोलीका सदस्यहरूसँग भेटघाट गरिरहेको देखिन्छ ।

सुस्त सुरुवातका बाबजुद फिल्मले गर्‍यो जबरजस्त कमाइ

‘हनुमान अंश’को बक्स अफिस सुरुवात निकै सुस्त थियो । फिल्मले पहिलो साता भारतमा १ करोड ८ लाख भारु नेट कमाइ गरेको थियो ।

दोस्रो सातामा यसको कमाइ घटेर करिब ४० लाख भारुमा झरेको थियो ।

तर, तेस्रो सातादेखि फिल्मको टिकट बिक्रीमा अचानक वृद्धि भयो । त्यसपछि फिल्मको घरेलु नेट कमाइ ३४० करोड भारु नाघ्यो ।

यससँगै फिल्म यस वर्षका ठूला बक्स अफिस सफलतामध्ये एक बनेको छ ।

नोभेम्बर २७ देखि सोनी लिभमा हेर्न पाइने

सिनेमाघरमा सफलता पाएपछि ‘हनुमान अंश’ अब ओटीटीमा पनि प्रदर्शन हुने भएको छ । फिल्म नोभेम्बर २७, २०२६ देखि सोनी लिभमा स्ट्रिम हुनेछ ।

रिपोर्टअनुसार निर्माण पक्षले फिल्मको ओटीटी र टेलिभिजन प्रसारण अधिकार सोनीलाई करिब ६० करोड भारुमा विक्री गरेको छ ।

तर, उक्त सम्झौता रकमबारे आधिकारिक पुष्टि भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?