+
+
Shares

जलवायु वित्तसम्बन्धी कार्यक्रममा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ता  

अर्थमन्त्री वाग्लेले ४४ अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौं द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कोप–३१ मा सहभागी भई तुर्किएबाट आज स्वदेश फर्किएका छन् ।
  • उनले ४४ अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौं द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका छन् ।
  • वाग्लेले नेपाललाई १०५औं सदस्यका रूपमा जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धनमा सामेल गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ अवधारणा पेस गरेका छन् ।

२९ कात्तिक, काठमाडौं । तुर्किएमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औं सम्मेलनमा सहभागी भई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् ।

उनले ४४ अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौं द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरे । सात वर्षअघि स्थापित ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’ मा नेपाललाई १०५औं (नयाँ) सदस्यका रूपमा सामेल गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ बारे नीतिगत अवधारणा छलफलका लागि पेस गरे ।

विपद्पछि ऋणमोचनको विश्वव्यापी अभियान चलाएकी बार्बेडसकी प्रधानमन्त्री मिया मोट्ली र विश्व अर्थतन्त्रको ८५ प्रतिशत हिस्सा ओगट्ने जी२०  समूहको अध्यक्षता गर्न लागेको बेलायतका विदेशमन्त्री एड मिलीब्यान्डसँग भेटमा अन्तर्राष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिबद्धता प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोप–३१ मा नेपालले उठाएका विषयमा सहयोग लिने उद्देश्यले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पाँच प्रभावशाली जलवायु दूतको छलफल भएको थियो ।

जसमा बेलायतकी रेचेल काइट, अस्ट्रेलियाका विल नानकर्भिस, स्वीडेनका माटियास फ्रुमेरी, जमाइकाका डेल वेबर र राष्ट्रसंघीय महासचिवका दूत सेल्विन हार्ट थिए ।

हरित जलवायु कोषको उच्च नेतृत्वसँग भावी कार्यक्रमबारे अर्थमन्त्रीले छलफल गरे । जेनेभास्थित विश्व मौसम–विज्ञान संगठनको नेपालले समेत लाभ लिएको जलवायु मापन कोषसम्बन्धी कार्यक्रमलाई अर्थमन्त्री वाग्लेले विशेष सम्बोधन गरे ।

जलवायु र अर्थशास्त्रमा ख्याति कमाएका प्रा. योहान रक्स्त्रम र प्रा. निकलस स्टर्नसँग समेत अर्थमन्त्री वाग्लेले भेटघाट गरे । उनले न्युयोर्क टाइम्सलाई एक अन्तर्वार्ता दिए ।

सन् २०२६ का लागि टाइम पत्रिकाले रोजेका जलवायु मुद्दामा अर्थमन्त्री लगायत विश्वकै १ सय प्रभावशाली व्यक्तिको सम्मानमा आयोजित एक कार्यक्रममा पनि उनी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?