News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २००७ को फिल्म ‘वेलकम’ मा नाना पाटेकरको उदय शेट्टी पात्रको हाँसो सोसल मिडियामा भाइरल मिम क्लिप बनेको छ।
खैरो रङको सुट र भित्र नीलो रङको सर्ट लगाएका, निधारमा सानो रातो टीका लगाएका र घाँटीमा सुनको सिक्री र हातमा औँठीहरू लगाएका उनी कफी खाने तयारीमा छन् । त्यो बीचमा उनी अचानक दिल खोलेर हाँस्छन् । हाँसो सहन नसकेर कोल्टे नै फेर्छन् । र, लगातार हाँसिरहन्छन् ।
यो आइकोनिक हाँसो तपाईंले सोसल मिडियामा पक्कै कतै न कतै देख्नु भएको हुन सक्छ । विशेषगरी कमेडी रिल्स अथवा भिडियोहरूतिर । किनकि, त्यो हाँसोले कुनै पनि भिडियोहरूको हकमा थप रस हाल्ने काम गर्छ ।
त्यसरी मन खोलेर हाँस्ने व्यक्ति नाना पाटेकर हुन् । र त्यो दृश्य सन् २००७ को बलिउड कमेडी फिल्म ‘वेलकम’ को हो ।

किन उनी त्यसरी हाँसे त ?
नाना पाटेकर त्यसरी किन हाँसे त ? उनलाई कसैले जोक भनेको थियो ? वास्तवमा दृश्यमा नानासँगै अरु तीन जना पात्र देखिन्छन् । तीमध्ये मजनु भाइ बनेका अनिल कपुरले कसैलाई फोन गरिरहेका देखिन्छ । उसले कुनै व्यवसायीलाई हप्ता उठाउन फोन गरेको हुन्छ । व्यवसायी हुन्छन्, घुँघरु सेठ । यो भूमिकामा परेश रावल छन् ।
जसै मजनु भाइले फोन गरेर घुँघरु सेठलाई चार करोड रुपैयाँ माग्छन् । जबकि यी सेठलाई फोन गरेर पैसा माग्नेहरु अन्डरवर्ल्ड डनका मान्छेहरू हुन् भन्ने पत्तो हुँदैन । तब सेठले झोक्किएर फोनमा भन्छ, ‘तेरो बाबुले यहाँ पैसा छाडेर गएको थियो ? कि तेरो आमाले ?’
एउटा मामुली सेठले यसरी उल्टै थर्काएको सुनेपछि नानाले हाँसो थाम्न सक्दैन । ऊ खित्का छाडेरै हाँस्छ । हो, यो यही प्राकृतिक तर जोडदार हाँसो अहिले मिमहरुमा प्रयोग भएको हो ।

तर, नाना पाटेकरको मिम क्लिपहरू यो बाहेक अरू पनि छन् ।
प्रतिक्रिया 4