+
+
Shares

राति २ः३० बजे साथीलाई म्यासेज गरेका थिए, अन्तिम समयमा बेचैन थिए नाना

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १०:०८

दिग्गज अभिनेता नाना पाटेकरको निधनले बलिउड शोकमा डुबेको छ । ७५ वर्षको उमेरमा गोवास्थित मणिपाल अस्पतालमा उनको निधन भयो । अस्पतालका चिकित्सकका अनुसार उनलाई कुनै गम्भीर स्वास्थ्य समस्या थिएन । अचानक छातीमा दुखाइ भएपछि उनको अवस्था बिग्रिएको थियो ।

नानालाई अस्पताल ल्याउँदासम्म उनको निधन भइसकेको थियो । उनलाई बिहान करिब ५ः३० बजे मृत घोषणा गरिएको थियो । चिकित्सकको टोलीले उनलाई बचाउने निकै प्रयास गरेको थियो । करिब ४५ मिनेटदेखि एक घण्टासम्म कार्डियाक मसाज गरिए पनि उनको जीवन जोगाउन सकिए न।

चिकित्सकका अनुसार नाना पाटेकरको अन्तिम समय निकै असहज थियो । उनी घरमा परिवारका सदस्यसँग नभई साथी र केयरटेकरसँग थिए । राति करिब २ः३० बजे उनले आफ्ना एक साथीलाई म्यासेज गर्दै आफूलाई ठीक नलागिरहेको बताएका थिए । तर रातको समय भएकाले साथीले तत्काल त्यो म्यासेज देखेनन् ।

पछि साथीले नानालाई फोन गरे र बिहान करिब ४ बजे उनको घर पुगे । त्यतिबेला नानालाई निकै पसिना आइरहेको थियो र उनको अवस्था बिग्रँदै गएको थियो । उनलाई सम्हाल्ने प्रयास गरियो । तर बिस्तारै उनी बेहोस हुन थाले ।

त्यसपछि उनका केयरटेकरलाई अस्पताल पठाइयो र एम्बुलेन्स बोलाइयो । अस्पतालको इमर्जेन्सी टोली घर पुग्दा नाना कुनै प्रतिक्रिया नदिने अवस्थामा थिए । टोलीले तत्काल कार्डियाक मसाज सुरु गर्‍यो ।

त्यसपछि उनलाई बिहान करिब ४ः२० देखि ४ः३० बजेको बीचमा मणिपाल अस्पताल पुर्‍याइएको थियो । तर अस्पताल पुग्दा उनी मृत अवस्थामा थिए। चिकित्सकहरूले उनलाई बचाउने अन्तिम प्रयास गरे पनि सफल हुन सकेनन् ।

नानाको अन्तिम समयबारे यी विवरण सार्वजनिक भएपछि उनका प्रशंसकहरू थप भावुक भएका छन् । पर्दामा उनले छाडेको बलियो अभिनयको विरासतका कारण नाना पाटेकर सधैँ दर्शकको सम्झनामा रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?