+
+
Shares

पुणेमा हुनेछ नानाको अन्तिम संस्कार, राजकीय सम्मानका साथ अन्तिम बिदाइ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १४:३४

नाना पाटेकरको आकस्मिक निधनले बलिउड शोकमा डुबेको छ  । नानाको अन्तिम संस्कार आज साँझ पुणेमा राजकीय सम्मानका साथ गरिनेछ ।

नानाको निधनले बलिउड स्तब्ध

नानाको निधनपछि बलिउड तथा राजनीतिक क्षेत्रका व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन्।

प्रधानमन्त्री मोदीले व्यक्त गरे दुःख

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा पोस्ट गर्दै नाना पाटेकरको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘धेरै कम कलाकारमा नाना पाटेकरमा जस्तो गहिराइ, आफ्नै अलग पहिचान र प्रभाव देखिन्थ्यो । उनले हरेक भूमिकामा उत्कृष्ट अभिनय र सिर्जनशीलता प्रस्तुत गरे र यस्ता पात्रहरू दिए, जसलाई आउने पुस्ताले पनि सम्झिरहनेछ ।’

रजनीकान्तले दिए श्रद्धाञ्जली

अभिनेता रजनीकान्तले नानाको निधनप्रति दुःख व्यक्त गर्दै लेखेका छन्, ‘मलाई विश्वास नै भइरहेको छैन कि मेरा प्रिय साथी नानाजी अब हामीबीच रहेनन् । परिवार र शुभेच्छुकप्रति मेरो गहिरो समवेदना छ । उहाँको आत्माले शान्ति पाओस् ।’

नानाको निधनमा पंकज त्रिपाठी भावुक

दिग्गज अभिनेता नाना पाटेकरको आकस्मिक निधनमा अभिनेता पंकज त्रिपाठीले दुःख व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘नानाको निधन पूरै फिल्म क्षेत्रका लागि अत्यन्त दुःखद र ठूलो क्षति हो। मेरा लागि यो निकै व्यक्तिगत क्षति हो । मलाई ‘काला’ मा उहाँसँग काम गर्ने अवसर मिलेको थियो। उहाँसँग बिताएको त्यो अनुभव मेरा लागि सधैँ विशेष रहनेछ ।’

मिथुन चक्रवर्ती र अन्नु कपूरले व्यक्त गरे दुःख

अभिनेता मिथुन चक्रवर्तीले नाना पाटेकरको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सञ्चारमाध्यमसँग कुरा गर्दै उनले नानासँगको मित्रता सम्झिए ।

मिथुनले भने, ‘मलाई निकै दुःख लागेको छ, किनकि उहाँ मेरा सबैभन्दा नजिकका साथीमध्ये एक हुनुहुन्थ्यो । उहाँ धेरै मानिसलाई सहयोग गर्नुहुन्थ्यो । मानिसहरू उहाँलाई छिट्टै रिसाउने वा अनौठो व्यवहार गर्ने व्यक्ति भनेर भन्थे। तर उहाँलाई रिस त्यतिबेला मात्र उठ्थ्यो, जब कुरा व्यवस्थित हुँदैनथ्यो ।’

अभिनेता अन्नु कपूरले पनि नानाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘नाना पाटेकरको आकस्मिक र असामयिक निधनले म दुःखी र स्तब्ध छु । नाना पाटेकरसँग जोडिएका मेरा धेरै निजी सम्झनाहरू छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?