‘बिग बोस २०’ मा लभ गिल र स्काउट ओपीको सम्बन्ध फेरि चर्चामा आएको छ। दुवैले आफ्नो सम्बन्धलाई पटक-पटक दाजु–बहिनी भन्दै आएका छन् ।
तर, नयाँ प्रोमोमा स्काउटले लभसँग बिताएको समयबारे जे-जे सुनाए, त्यसले दर्शकलाई फेरि सोच्न बाध्य बनाएको छ ।
गुल्लूसँग कुरा गर्दै स्काउटले लभप्रति आफू निकै रिसाएको बताएका छन्। ‘मैले उसको लागि कति समय खराब गरेँ’ भन्दै उनले आफ्नो गुनासो पोख्छन्।
त्यसपछि आउँछ लभले आफ्नो ख्याल राखेको प्रसंग ।
स्काउटका अनुसार लभले उनी समयमा खाना खाए-नखाएको हेर्थिन् । हरेक दिन उनको टाउकोमा तेल लगाइदिन्थिन् । तर कुरा त्यतिमै रोकिँदैन।
स्काउटले अचानक भने, ‘उसले मेरो चड्डीसम्म धोएकी छिन्।’
यति सुनेपछि गुल्लू पनि चकित पर्छन् ।
स्काउटले लभ आफूलाई एकटक हेरेर बस्ने गरेको प्रसंगसमेत सुनाएका छन् । आफूले लभलाई माया गरेर राखेको तर बदलामा आफूले धेरै कुरा सहनुपरेको उनको गुनासो छ।
गुल्लूले उनलाई ‘तँ पागल भइस्’ भन्दै प्रतिक्रिया दिन्छन् । तर स्काउटको रिस त्यत्तिकैमा सेलाउँदैन ।
‘उसले मलाई ट्रमा दिएकी छ,’ भन्दै उनले आफूले रिसकै झोकमा आफ्नै कपाल काटेकोसमेत सुनाउँछन् ।
अब यही प्रोमोले ‘बिग बोस’को घरमा पुरानो प्रश्न फेरि ब्युँताएको छ, लभ र स्काउटबीच साँच्चै दाजु-बहिनीको सम्बन्ध मात्रै हो कि पर्दापछाडि कहानी अर्कै छ ?
प्रोमोले त प्रश्न उठाइदिएको छ। यसको जवाफ भने शो पूरा हेरे पछि मात्रै थाहा होला ।
प्रतिक्रिया 4