+
+
Shares

लभको एउटा गल्तीले बिग्रियो सबैको खेल, टास्क रद्द भएपछि उदितिलाई कप्तानी

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते १५:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘बिग बोस २०’ मा लभ गिलले नियम उल्लंघन गरेपछि क्याप्टेन्सी टास्क रद्द गरिएको र उदिति सिंहलाई नयाँ क्याप्टेन बनाइएको बताइएको छ।
  • कप्तानी टास्कमा प्रतिस्पर्धीबीच विवाद चर्किएपछि दुई मिनेटभित्र कसैले बटन नथिचेपछि बिग बोसले टास्क नै रद्द गरेका थिए।
  • उदिति सिंहबाहेक स्काउट ओपी, लव गिल, गुल्लू, अरिश्फा खानसहित १० प्रतिस्पर्धी यस साता निष्कासनको जोखिममा परेका छन्।

‘बिग बोस २०’ को घरमा कप्तानीको खेलले नयाँ मोड लिएको छ । घरको नयाँ क्याप्टेन बन्ने आशमा रहेका प्रतिस्पर्धीहरूबीच सहमति जुट्नुको सट्टा विवाद बढेपछि बिग बोसले क्याप्टेन्सी टास्क नै रद्द गरिदिएका छन् ।

अझ रोचक कुरा त के छ भने, टास्क पूरा नभए पनि उदिति सिंहले घरको कप्तानी पाएकी छिन् ।

शोसँग सम्बन्धित अपडेट दिने फ्यान पेज ‘बीबी तक’ का अनुसार क्याप्टेन्सी टास्कका क्रममा लभ गिलले नियम उल्लंघन गरेपछि घरको माहोल बिग्रिएको थियो । बिग बोसले सबै प्रतिस्पर्धीलाई कप्तानीका लागि एउटा विशेष टास्क दिएका थिए ।

तर, टास्क सुरु भएदेखि नै विवाद चर्किन थालेपछि प्रतिस्पर्धीहरूबीच सहमति बन्न सकेन ।

के थियो कप्तानी टास्क ?

कप्तानी टास्कमा घरका सबै प्रतिस्पर्धीको फोटो भित्तामा राखिएको थियो । बिग बोसको निर्देशनअनुसार ट्रम्पेटको आवाज सुनेपछि प्रतिस्पर्धीहरू एउटा बक्सभित्र जम्मा हुनुपर्ने र गोली चलेको आवाज आएपछि अगाडि बनाइएको घेराभित्र पुग्नुपर्ने थियो ।

घेराभित्र सबैभन्दा पहिले पुग्ने प्रतिस्पर्धीले भित्तामा टाँसिएका कुनै एक प्रतिस्पर्धीको फोटो हटाउन लगाउन सक्थ्यो । यसरी अन्तिमसम्म भित्तामा जसको फोटो बाँकी रहन्थ्यो, ऊ घरको नयाँ क्याप्टेन बन्ने नियम थियो ।

तर, टास्क सोचेजस्तो सहज भएन । लव गिलले एकपटक मात्रै अवसर पाउने नियम उल्लंघन गरेको भन्दै अन्य प्रतिस्पर्धीले आपत्ति जनाए ।

उनलाई सम्झाउने प्रयास गरिए पनि विवाद साम्य हुन सकेन ।

दुई मिनेटमा कसैले बटन नथिचेपछि टास्क रद्द !

‘बीबी तक’ को अपडेटअनुसार लभ गिलसँग जोडिएको विवादपछि बिग बोसले टास्क रोक्दै नियम उल्लंघनबारे उनलाई सचेत गराएका थिए ।

त्यसपछि प्रतिस्पर्धीहरूलाई दुई मिनेटभित्र बटन थिचेर अगाडि बढ्न भनिएको थियो । तर, निर्धारित समयमा कसैले पनि बटन नथिचेपछि बिग बोसले क्याप्टेन्सी टास्क नै रद्द गरिदिए ।

टास्क रद्द भएपछि बिग बोसले उदिति सिंहलाई घरको नयाँ क्याप्टेन घोषणा गरेको बताइएको छ । यससँगै उदितिको हातमा फेरि घरको नेतृत्व पुगेको छ ।

यद्यपि, यो खबरलाई शोका निर्माताले आधिकारिक रूपमा पुष्टि गरेका छैनन् । यसको वास्तविकता आगामी एपिसोडमा नै देखिनेछ ।

उदिति फाइदामा, सबै प्रतिस्पर्धी नोक्सानमा !

यता, शोको पछिल्लो एपिसोडमा भएको नोमिनेसन प्रक्रियाले पनि घरको माहोल तताएको छ । उदिति सिंहबाहेक घरका सबै प्रतिस्पर्धी यस साता निष्कासनको जोखिममा परेका छन् ।

नोमिनेसनमा स्काउट ओपी, लव गिल, गुल्लू, अरिश्फा खान, आम्रपाली दुबे, कनिका मान, काजी तौकीर, यङ डीएसए, माही विज र मनीष गोयल परेका छन् ।

अब यी प्रतिस्पर्धीमध्ये कसको बिग बोसको घरबाट बिदाइ हुन्छ भन्ने चासो बढेको छ । कप्तानी गुमाउने र नोमिनेसनमा पर्ने प्रतिस्पर्धीबीच आगामी दिनमा घरको समीकरण झन् रोचक बन्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?