+
+
Shares

‘एलियन’ र ‘टप गन’का दिग्गजअभिनेता टम स्केरिटको निधन

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ६ गते ९:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हलिउडका दिग्गज अभिनेता टम स्केरिटको ९३ वर्षको उमेरमा निधन भएको छ ।
  • ‘एलियन’मा उनले अन्तरिक्षयान नोस्ट्रोमोका कप्तान डलास र ‘टप गन’मा कमान्डर माइक भाइपरको भूमिका निर्वाह गरेका थिए ।
  • एमी अवार्ड विजेता स्केरिटले टेलिभिजन शृङ्खला ‘पिकेट फेन्सेस’पछि झनै लोकप्रियता कमाएका थिए ।

हलिउडका दिग्गज अभिनेता टम स्केरिटको निधन भएको छ । उनी ९३ वर्षका थिए । ‘एलियन’ र ‘टप गन’ जस्ता चर्चित फिल्ममा निर्वाह गरेका सम्झनलायक भूमिकाका कारण उनी दर्शकमाझ लोकप्रिय थिए । एमी अवार्ड विजेता स्केरिट टेलिभिजन शृङ्खला ‘पिकेट फेन्सेस’मा अभिनय गरेपछि झनै चर्चित बनेका थिए ।

छ दशक लामो अभिनय यात्रामा स्केरिटले फिल्म र टेलिभिजन दुवै क्षेत्रमा आफ्नो सशक्त अभिनयबाट छुट्टै पहिचान बनाएका थिए ।

टम स्केरिटले सन् १९९३ मा एमी अवार्ड जितेका थिए । सन् १९९४ मा उनलाई ‘पिकेट फेन्सेस’मा जिम्मी ब्रोकको भूमिका निर्वाह गर्ने प्रस्ताव आएको थियो । ठूलो पर्दामा पनि उनले विभिन्न विधाका फिल्ममा उत्कृष्ट अभिनय गरेका थिए ।

‘एलियन’ र ‘टप गन’मा कस्तो थियो भूमिका ?

निर्देशक रिड्ली स्कटको चर्चित साइन्स फिक्सन तथा हरर फिल्म ‘एलियन’ (१९७९) मा उनले अन्तरिक्षयान नोस्ट्रोमोका कप्तान डलासको भूमिका निर्वाह गरेका थिए ।

त्यसैगरी, सन् १९८६ मा प्रदर्शनमा आएको ब्लकबस्टर फिल्म ‘टप गन’मा उनले टोनी स्कटसँग काम गरेका थिए । उक्त फिल्ममा उनले नौसेनाको लडाकु विमान प्रशिक्षण विद्यालयका प्रमुख प्रशिक्षक कमान्डर माइक भाइपरको भूमिका निभाएका थिए ।

स्केरिटका चर्चित फिल्ममध्ये रोबर्ट अल्टम्यान निर्देशित ‘म्यास’ (१९७०) पनि एक हो । यसमा उनले शल्यचिकित्सक ड्युक फरेस्टको भूमिका निर्वाह गरेका थिए ।

त्यस्तै, रोबर्ट रेडफोर्ड निर्देशित ‘अ रिभर रनस थ्रु इट’ (१९९२) मा उनी पादरीको भूमिकामा देखिएका थिए । सन् २०१२ मा प्रदर्शनमा आएको सेठ म्याकफार्लेनको कमेडी फिल्म ‘टेड’मा पनि उनले अभिनय गरेका थिए ।

हलिउडमा छ दशकभन्दा लामो समय बिताएका स्केरिटले आफ्ना विविध भूमिकामार्फत फिल्म र टेलिभिजनको क्षेत्रमा अविस्मरणीय छाप छाडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?