+
+
Shares

प्रदर्शनमा आयो कबड्डी–५, ओपनिङ उत्साहजनक

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ६ गते ९:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रामबाबु गुरुङ निर्देशित कबड्डी–५ देशभरका सिनेमाघरमा सर्वाधिक शोसहित प्रदर्शनमा आएको छ।
  • फिल्मको अग्रिम टिकट बिक्री उच्च देखिएको र अधिकांश हलका सिट करिब भरिएको बताइएको छ।
  • दर्शक प्रतिक्रियाले कबड्डी–५ को व्यावसायिक सफलता र आगामी शृङ्खला हुने–नहुने निर्धारण गर्नेछ।

दसैंको रौनक बाँकी रहँदै कबड्डीको पाँचौँ शृङ्खला प्रदर्शनमा आएको छ । रामबाबु गुरुङ निर्देशित यो फिल्मले देशभरका सिनेमाघरमा सर्वाधिक शो पाएको छ । र, सुरुवाती अकुपेन्सी उत्साहजनक देखिएको छ । अधिकांश हलका सिट हराभरा देखिएका छन् ।

ठ्याक्कै १२ वर्षअघि ‘कबड्डी’ प्रदर्शनमा आएको थियो । त्यसैको सिलसिला हो, कबड्डी–५ पनि । यसलाई ‘आफ्टर द फाइनल म्याच’ भनिएको छ । खेल सकिए पनि कथा सकिएको छैन । काजीको बिहेलाई मियो बनाएर तन्काइएको कथाले यसपालि कुन मोड लिन्छ ? त्यसका लागि भने हलसम्म पुग्नैपर्ने हुन्छ ।

जे होस्, यो ब्लकबस्टर फिल्म कबड्डीकै कथालाई लिएर अगाडि बढेको छ । पात्र, परिवेश उही हो । फरक चाहिँ कथाको आयाम हो । निर्देशक रामबाबु गुरुङले विगतको लयलाई कसरी कायम राखेका छन् ? नतिजा आउने नै छ ।

यसपालि दर्शक प्रतिक्रियाले कबड्डीको खेल यहीँ रोकिनेछ वा फेरि अर्को खेलको उद्घोष हुनेछ भन्ने कुराको पनि टुङ्गो गर्नेछ ।

फिल्म हलमा आउनुभन्दा तीन दिनअघि नै अग्रिम टिकट बुकिङ खुलाइएको थियो । प्रदर्शनको मुखमा आइपुग्दा टिकट बिक्रीको दर उच्च देखिएको छ र हलहरू करिब भरिएको बताइन्छ । यसरी सुरुवाती व्यवसाय निकै राम्रो गर्ने सङ्केत मिलेको छ ।

यद्यपि, फिल्मको असली तागत हेर्न दुई वा तीन दिन पर्खनुपर्ने हुन्छ । खासगरी, फिल्म हेरेर निस्किएका दर्शकले दिने प्रतिक्रियाले यसको सफलता र असफलता मापन गर्नेछ । त्यसैले यो फिल्म अघिल्लो शृङ्खलाजस्तै सुपरहिट हुनेछ वा हुनेछैन भन्ने टुङ्गो गर्न अझै केही दिन पर्खनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?