+
+
Shares

‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ ६ कात्तिकमा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १८:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाँसुरी फिल्म्सले ‘कबड्डी ५’ ६ कात्तिकमा देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेको छ।
  • रामबाबु गुरुङ निर्देशित फिल्मको शीर्षक ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ राखिएको छ।
  • सेभेन सिज इन्टरनेसनलले फिल्मको विश्वव्यापी वितरण गर्नेछ।

काठमाडौं । यसवर्षको प्रतीक्षित फिल्म ‘कबड्डी ५’ को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म दशैं बिजयादशमीको ठीक दुई दिनपछि देशब्यापी प्रदर्शनमा आउने भएको छ ।

निर्माण कम्पनी बाँसुरी फिल्म्सले शुक्रबार पोस्टर सार्वजनिक गर्दै फिल्मलाई ६ कात्तिक (२३ अक्टोबर)मा रिलिज गर्ने घोषणा गरेको हो । पोस्टरमा शीर्ष तीन कलाकार दयाहाङ राई, विजय बराल र बुद्धि तामाङलाई देख्न सकिन्छ ।

यो श्रृंखलाका अघिल्ला चारैवटा फिल्म बक्सअफिसमा सुपरहिट भएका थिए । रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ५’को शीर्षक राखिएको छ- ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच ।’ फिल्मलाई सेभेन सिज इन्टरनेसनलले विश्वब्यापी वितरण गर्दैछ ।

यो फिल्ममा रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङदेल, माओत्से गुरुङ, कमलमणी नेपाल, विष्णु मोक्तान लगायतको अभिनय छ ।

निर्मातामा रामबाबुसहित मणिराम पोखरेल, मधु मिजार, विशाल गुरुङ रहेका छन् । कार्यकारी निर्मातामा सागर राज छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?